एक महिनामा रेग्मी सरकारका १४ काम

काठमाण्डु टुडे २०७० भदौ २ गते १८:०५ मा प्रकाशित

न्यूयोर्कस्थिति संयुक्त राष्ट्र संघीय स्थायी प्रतिनिधिमा परराष्ट्र सचिव दुर्गाप्रसाद भट्टराई, मलेसियाको लागि नेपाली राजदुतमा डा.निरन्जनमान सिंह वस्नेत नियुक्ति भएका छन । संस्थान निर्देशन वोर्डको सिफारिसमा खुल्ला प्रतिस्पर्धावाट गोरखापत्र संस्थानको महाप्रबन्धकमा सुशील कोइराला, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा रामकुमार शर्मा, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको अध्यक्षमा नारायणप्रसाद रेग्मी नियुक्त भएका छन ।

नेपाल सरकारको राजपत्राङ्कित विशिष्ट श्रेणीमा अर्जुनबहादुर थापा, श्रीरन्जन लाकौल, शंकरप्रसाद अधिकारी, ङइन्द्रप्रसाद उपाध्याय, लोकदर्शन रेग्मी, मोहन दत्त तिमिल्सिना र जनकराज गौतम बढुवा गरिएको छ ।
मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको उपस्थितिमा काठमाडौं उपत्यकामा विस्तारित सडकको प्रगति समीक्षा गरिएको छ । भदौ १५ सम्मको लक्ष्य तोकी काम सम्पन्न गर्न अध्यक्ष रेग्मीले निर्देशन दिए अनुसार निर्माणाधिन सडकको खाल्टाखुल्टी पुर्ने, निर्माणका क्रममा उत्पन्न फोहोर हटाउने, निर्माण सामाग्रीको व्यवस्थापन गर्ने, सडक पेटी निर्माण गर्ने, ढलको पाइप राख्ने, खानेपानीको पाइप मर्मत गर्ने, टेलिफोन र बिजुलीका तार व्यवस्थापन गर्ने, पोल गाड्ने, ग्राभेल गर्ने कार्यलाई अघि बढाइएको छ ।
जनगुनासो सुन्ने र व्यवस्थापन गर्ने उद्देश्यसहित स्थापित हेलो सरकारमा २०६८ कार्तिक १७ गतेदेखि २०७० असार मसान्तसम्म प्राप्त भएका कूल २३,९८३ वटा गुनासा मध्ये २२,४४६ फर्छ्यौट भै फर्छ्यौट प्रतिशत ९४ कायम भएको छ ।
नेपाल सरकारको तर्फबाट परामर्श तथा समन्वय समिति तथा संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चा, प्रगतिशील राष्ट्रिय मञ्च र आवद्ध दल, नेकपा–माओवादी समेत ३३ दलीय मोर्चालाई वार्ताका लागि आव्हान गरी वार्ता भएको छ ।
आर्थिक बर्ष २०६९।७० को अन्तिम हप्तामा तेह्रौ योजनाको आधारपत्र मन्त्रिपरिषद्वाट पारित भएको छ । आर्थिक बर्ष २०७०।७१ को बजेट जारी भएको छ । साउनको पहिलो हप्तामा मौद्रिक नीति जारी भएको छ ।
नेपाल सरकार र संयुक्त जातीय मुक्ति मोर्चाबीच भएको ५ बुँदे सहमतिलाई मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरेको छ ।
निर्वाचन आयोगवाट जारी भएको ‘संविधानसभा सदस्य निर्वाचन आचार संहिता, २०७०’ नेपाल सरकार तथा सरकारका निकायहरुले पूर्ण पालना गर्ने मन्त्रिपरिषद्वाट निर्णय भएको छ ।
मन्त्रिपरिषद्वाट द्वन्द्वपीडीत पत्रकार कल्याण कोष (स्थापना र संचालन) निर्देशिका, २०७० पारित भै लागू भएको छ ।
सिंचाई नीति, २०७० मन्त्रिपरिषद्वाट पारित भै लागू भएको छ ।
राष्ट्रिय सतर्कता केन्द्रलाई प्रभावकारी रुपमा संचालन गरी मुलुकमा सुशासन कायम गर्न छुट्टै ऐन तर्जुमा गर्न मन्त्रिपरिषद्वाट सैद्धान्तिक स्वीकृति प्रदान भएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा क्षतिपूर्ति सहितको नागरिक वडापत्र लागू गरिएको छ ।
बीपी कोइराला नेपाल–भारत प्रतिष्ठानको अक्षय कोषमा नेपाल सरकारका तर्फबाट १६ करोड रुपैया प्रदान भएको छ ।
शान्ति तथा पुर्ननिर्माण मन्त्रालयमा रहेको राहत तथा पुनसर््थापना इकाईलाई साविक वमोजिमको अधिकार दिई २०७१ साल असार मसान्तसम्म निरन्तरता दिइएको छ ।
विभिन्न १० वटा अस्पताल र स्वास्थ्य चौकीको स्तरोन्नति गर्ने कार्य सम्पन्न भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us