समाचार

झापामा प्रतिहजारमा दुई कुष्ठरोगी

२०७० माघ १३ गते २:१५

भद्रपुर, १३ माघ–झापा जिल्लामा प्रति दस हजार व्यक्तिमध्ये दुई जनामा कुष्ठरोग देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय झापाको आयोजनामा नेदरल्यान्ड लेप्रोसी रिलिफको सहयोगमा आइतबार भद्रपुरमा आयोजित ६१ औं विश्व कुष्ठरोग दिवसका अवसरमा सो जानकारी दिइएको हो । यस जिल्लामा चालु आर्थिक वर्षको चार महिनाको...

पूर्वप्रधानन्यायाधीश उपाध्याय सिकिस्त

२०७० माघ १२ गते १२:५७

काठमाण्डु, १२ माघ– पूर्व प्रधानन्यायाधीश विश्वनाथ उपाध्याय मस्तिष्काघात (ब्रेन ह्यामरेज) का कारण बाँसबारीस्थित राष्ट्रिय इन्स्टिच्युट अफ न्युरोलोजिक र एलाइड साइन्सेजमा शनिबार भर्ना भएका छन् । २०४७ को संविधान मस्यौदा समितिका अध्यक्षसमेत रहेका ८४ वर्षीय उपाध्यायको मस्तिष्कमा रगत जमेको पाइएको र वरिष्ठ चिकित्सक डा उपेन्द्र...

१९ गतेसम्ममा नयाँ प्रधानमन्त्री छान्न राष्ट्रपतिको आव्हान

२०७० माघ १२ गते १२:२३

काठमाण्डु, १२ माघ – राष्ट्रपति रामवरण यादवले नयाँ सरकार गठनका लागि एक साताको समय दिँदै नयाँ प्रधानमन्त्रीको नाम दिन राजनितिक दलहरु समक्ष आव्हान गरेका छन् । आइतबार साँझ शीतलनिवासले सरकार गठनका लागि १९ गतेसम्मको समय सीमा दिँदै आह्वान गरेको हो । अन्तरिम संविधानको धारा...

के भने रेग्मीले संसदको पहिलो बैठकमा ?

२०७० माघ १२ गते १०:३७

काठमाण्डु, १२ माघ – मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले जनताको चाहना अनुसारको संविधान निर्माण गर्नु अहिलेको प्रमुख आवश्यकता भएको बताएका छन् । व्यवस्थापिका संसदको पहिलो बैठकलाई सम्बोधन गर्दै रेग्मीले जनतामा अहिले आशाको सञ्चार प्रवाह भएको भन्दै जनताको चाहना पुरा गर्न सबै लाग्नुपर्ने बताए । रेग्मीले...

हामी नयाँ महाभारत रच्नेछौं : कमल थापा

२०७० माघ १२ गते १०:३२

काठमाण्डु, १२ माघ – राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूहरु नयाँ महाभारतको रचना गर्न लागेको बताएका छन् । व्यवस्थापिका संसदको पहिलो बैठकलाई सम्बोधन गर्दै थापाले राप्रपा नेपाल महाभारतको पाण्डवको हैसियतमा उभिएको भन्दै आधुनिक महाभारत रचना गर्ने बताए । ‘पहिलो महाभारतके कारण भयो, त्यो त...

संसद बैठक : कुन नेताले के भने ?

२०७० माघ १२ गते १०:२०

काठमाण्डु, १२ माघ – व्यवस्थापिका संसदको पहिलो बैठक संविधानसभा भवन नयाँ बानेश्वरमा सुरु भएको छ । मंसिर चार गते निर्वाचन सम्पन्न भएपछि पहिलो पटक आइतबार संसद बैठक बसेको हो । पहिलो बैठकमा अहिले प्रमुख दलका शीर्ष नेताहरुले सम्बोधन गरिरहेका छन् । मन्त्रिपरिषदका अध्यक्ष खिलराज...

छुटेका सभासदको सपथ ग्रहण

२०७० माघ १२ गते ८:४८

काठमाण्डु, १२ माघ – व्यवस्थापिका संसदको ज्येष्ठ सदस्य सूर्यबहादुर थापाले यस अघि सपथ ग्रहणमा छुटेका तीन जना सभासदलाई सपथ गराएका छन् । व्यवस्थापिका संसदको सभामुख कार्यकक्षमा थापाले यस अघि छुटेका सभासदहरु प्रदीप गिरी, नारायण खड्का र वंशीधर मिश्रलाई सपथ ग्रहण गारएका हुन् । अरु...

काँग्रेस संसदीय दलमा कोइराला

२०७० माघ १२ गते ७:२१

काठमाण्डु, १२ माघ– नेपाली काँग्रेस संसदीय दलको नेतामा सभापति सुशील कोइराला विजयी भएका छन् । । दल नेताका लागि भएको मतदानमा वरिष्ठ नेता शेरबहादुर देउवालाई पराजित गर्दै कोइराला निर्वाचित भएका हुन् । १ सय ९४ मत खसेकामा कोइरालाका पक्षमा १ सय ५ मत खसेको...

शान्ति प्रक्रिया अझै अधुरो : रेग्मी

२०७० माघ १२ गते ६:५०

काठमाण्डु, १२ माघ– मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले शान्ति प्रक्रिया अझै सम्पन्न नभएको बताएका छन् । प्राविधिक रुपमा शान्तिप्रक्रिया टुंगोमा पुगिएको देखिए पनि वास्तविक रुपमा अझै अधुरो रहेको उनको भनाइ छ । पूर्व सशस्त्र प्रहरी महानिरीक्षक कृष्णमोहन श्रेष्ठ र उनकी श्रीमती नुडुपको एघारौं स्मृति दिवसको...

दलको नेता प्रचण्ड नै : पूर्व पोलिटव्युरो

२०७० माघ १२ गते ६:३४

काठमाण्डु, १२ माघ–एकीकृत नेकपा माओवादीका पूर्व पोलिटव्युरो सदस्यहरुले संसदीय दलको नेता अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै बन्नुपर्ने बताएका छन् । आइतबार बसेको बैठकमा पूर्व पोलिटव्युरो सदस्यहरुले अध्यक्ष प्रचण्डलाई नै दलको नेता बन्न सुझाव दिएका हुन् । दलको नेता चयन लगायत विषयमा छलफल गर्न प्रचण्ड...

एमाले संसदीय दलको नेतामा ४ जनाको दावी

२०७० माघ १२ गते ६:३३

काठमाण्डु, १२ माघ–संविधानसभा निर्वाचन भएका दुई महिना पूरा भैसके पनि ठूला पार्टीले संसदीय दलको नेता चयन गर्न सकेका छैनन् । अधिकांश दलमा दलको नेतालाई लिएर विवाद छ । दलको विवादबाट दोस्रो ठूलो दल नेकपा एमाले पनि अछुतो छैन । एमालेमा संसदीय दलको नेतामा चार...

पोलियो थोपा आज पनि खुवाइदै

२०७० माघ १२ गते २:५०

काठमाण्डु, १२ माघ– शनिबार पोलियो थोपा खान छुटेका पाँच बर्ष मुनिका बालबालिकालाई आइतबार दोस्रो पनि खुवाइदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६८ जिल्लाका पाँच बर्ष मुनिका बालबालिकालाई शनिबार पोलियो थोपा खुवाएको थियो । १५ औं चरणको दोस्रो अभियानमा झण्डै ४२ लाख बालबालिकालाई पोलियो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us