समाचार

एमालेको पुरानै अडान : राष्ट्रपतिको चुनाव गर्नुपर्ने स्थायी समितिको निष्कर्ष

२०७० माघ १४ गते ८:०३

काठमाण्डु, १४ माघ – नेकपा एमालले नयाँ जनादेश अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुनुपर्ने पुरानै अडान दोहोर्‍याएको छ । मंगलबार काठमाण्डुमा बसेको एमाले स्थायी समितिको बैठकले पुरानै अडानमा कायम रहने निष्कर्ष निकालेको हो । बैठकले सरकारमा सहभागी हुने विषयमा भने कंग्रेसले खाका ल्याएपछि मात्रै...

महोत्तरीमा लाखौँ धनमाल लुटियो

२०७० माघ १४ गते ५:५८

महोत्तरी, १४ माघ – जलेश्वर नगरपालिका– ५ स्थित श्याम डिभिडी हाउसमा गएराति लाखौँको लुटपाट भएको छ । अज्ञात लुटेरा समूहले डिभिडी हाउसका सञ्चालक श्यामसुन्दर साहलाई कुटपिट गर्दै रु तीन लाख ५५ हजार लुटपाट गरी लगेको पीडितले बताएका छन् । राति ८ बजेतिर अचानक पसलमा...

अरु दलको कांग्रेसलाई आग्रह : सहमतीय सरकार बनाउन जोड देउ

२०७० माघ १४ गते ४:४९

काठमाण्डु, १४ माघ – संसदमा प्रतिनिधित्व गर्ने अधिकांश दलहरुले सबै दलको सहमतिमा कांग्रेसको नेतृत्वमा सरकार बनाउन सुझाव दिएका छन् । काठमाण्डुमा भएको दलहरुको छलफलमा अधिकांश दलहरुले कांग्रेसलाई  सबैसँग सहमति गरी सरकार बनाउन आग्रह गरेका हुन् । मंगलबारको संसद बैठकपछि बसेको बैठकमा अधिकांश दलका नेताहरुले...

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

२०७० माघ १४ गते ३:३३

कपिलवस्तु, १४ माघ – कपिलबस्तुको बहादुरगञ्जमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । कृष्णनगर-चन्द्रौटा सडक खण्डअन्तर्गत बहादुरगञ्ज ७ मा भएको दुर्घटनामा स्थानीय केदारनाथ चौधरी र भिख्खु पासीको मृत्यु भएको प्रहरीले जनाएको छ । लु १४ प ११३१ नम्बरको मोटरसाइकल उखु लोड गरेको...

कुखुरापालनमा लगानी बढ्यो

२०७० माघ १४ गते ३:०४

धनगढी, १४ माघ – कैलाली जिल्लामा फस्टाउँदो व्यवसायका रुपमा रहेको कुखुरापालनमा केही वर्षभित्रमा एक अर्ब रुपैयाँभन्दा बढी लगानी भएको छ । लगानी बढेसँगै विस्तार भएका कुखुरा फार्महरु सुदूरपश्चिमका जिल्लाका साथै देशका अन्य जिल्लामा पनि कुखुरा तथा अण्डा आपूर्ति गर्न सफल भएका छन् । व्यवसायमा...

एमाले स्थायी समिति बैठक बस्दै

२०७० माघ १४ गते २:१७

काठमाण्डु, १४ माघ – संसदीय दलको नेता चयनका विषयमा छलफल गर्न एमाले स्थायी समिति बैठक मंगलबार बस्दैछ । शीर्ष तीन नेताबीच कुरा मिल्न नसक्दा पटक–पटक स्थगित हुँदै आएको बैठक मंगलबार दिउँसो ३ बजे बस्ने एमालेले जनाएको छ । संसदीय दलको नेता चयनकै क्रममा आगामी...

राष्ट्रपति यादवसँग देउवा अशन्तुष्ट

२०७० माघ १४ गते १:५३

काठमाण्डु, १४ माघ – काँग्रेस बरिष्ठ नेता शेरवहादुर देउवा संसदीय दलको नेताका लागि भएको निर्वाचनमा आफूलाई हराउन राष्ट्रपति रामवरण यादवले लबिङ गरेको भन्दै रुष्ट भएका छन् । देउवा पक्षीय नेताहरुले तटस्थ बस्नुपर्ने मर्यादित पदमा बहाल रहँदा पनि राष्ट्रपतिले पार्टीभित्र एकउटा उम्मेदवारका पक्षमा लागी भोट...

प्रधानसेनापति श्रीलंका र मालदिभ्स जाँदै

२०७० माघ १४ गते १:२४

काठमाण्डु, १४ माघ – प्रधानसेनापति गौरवशम्शेर जबरा साताब्यापी  श्रीलंका र मालदिभ्सको भ्रमणका लागि मंगलबार त्यसतर्फ जाँदैछन् । माघ १५–१७ सम्म मालदिभ्स र माघ १८ –२३ गतेसम्म श्रीलंकाको भ्रमण गर्न उनी माल्दिभ्स प्रस्थान गर्न लागेका हुन् । मालदिभ्सका राष्ट्रिय सुरक्षा फौजका प्रमुख अहमद सियाम तथा...

चितवनमा चौध हजार चरा भेटिए

२०७० माघ १४ गते १:१६

चितवन, १४ माघ – चितवनमा यस वर्ष चराको संख्या बढेको छ । गत वर्षको तुलनामा यस वर्ष चार हजार ४६ भन्दा बढी चरा रहेको तथ्यांकले देखाएको छ । बर्ड एजुकेसन सोसाइटी चितवनले गरेको गणनामा चितवनमा यस वर्ष १४ हजार ७८ चरा रहेको पाइएको हो...

भारतलाई फकाउँदै नेकपा–माओवादी

२०७० माघ १३ गते १३:३३

काठमाण्डु, १३ माघ – नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले आफूहरु भारत विरोधी नभएको बताएका छन् । रिपोटर्स क्लवले सोमबार आयोजना गरेको साक्षत्कारमा बोल्दै गजुरेलले आफूहरुले पञ्चशीलको आधारमा भारतसँगको सम्बन्धलाई अझै प्रगाढ बनाउन चाहेको बताए । ‘भारतमा थुप्रै दल छन, १ अर्ब ३० करोड जनता छन्,...

एमाओवादीले संगठनात्मक संरचना छरितो बनाउने

२०७० माघ १३ गते १२:४९

काठमाण्डु, १३ पुस – एकीकृत माओवादीले हेटौडा महाधिवेशनले दिएको म्यान्डेड अनुसार सानो आकारको संगठन बनाउने नीतिलाई कार्यान्वयन गर्नुपर्ने निष्कर्ष निकालेको छ । सोमबार बसेको केन्द्रीय कार्यालय, पूर्व पोलिट्व्यूरो र राज्य संयोजकहरुको संयुक्त बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकमा धारणा राख्ने नेताहरुले पार्टी कमिटी...

सरकारको राष्ट्रिय कार्यविधि सञ्चालन हुँदै

२०७० माघ १३ गते १०:०१

काठमाण्डु, १३ माघ – सरकारले सशस्त्र द्वन्द्वबाट प्रभावित बालबालिकाको पुनःस्थापना गर्न राष्ट्रिय कार्यविधि सञ्चालन गर्ने भएको छ । शान्ति तथा पुनःस्थापना मन्त्रालयका अनुसार द्वन्द्व प्रभावित बालबालिकाको सही तथ्याङ्क आउन नसकेका कारण सो कार्यविधि ल्याउन लागिएको हो । मन्त्रालयको तथ्यांकअनुसार आठ हजार २५६ जना द्वन्द्व...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us