चितवन, १५ माघ । चितवनको कविलासमा गएराति यात्रुवाहक बस पल्टिँदा २५ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पोखराबाट पश्चिम नेपालका लागि जान आउँदै गरेको ग १ ख ४५०१ नम्बरको रात्रिबस चितवनको मुग्लिन...
धनगढी, १५ माघ – नेपालमा हात्तीपाइले रोगबाट सबैभन्दा बढी जोखिम रहेको जिल्लाका रुपमा कैलाली जिल्ला देखिएको छ । गत वर्षको तथ्याङ्कअनुसार हत्तीपाइलेबाट प्रभावित देशका ६१ जिल्लामध्ये कैलालीमा सबैभन्दा बढी तीन हजार ७१३ जनामा यो रोगको संक्रमण भएको पाइएको छ । सन् २०२० सम्ममा विश्वबाटै...
चितवन, १५ माघ – हेलो सरकारमा उजुरी परेका चितवनका दुई संस्थाका सञ्चालकहरुलाई २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ । स्पष्टीकरण माग गरिएकाहरुमा भरतपुरको नारायणी फर्निचर र चिवा एजुकेसन कन्सलटेन्सी रहेका छन् । उद्योगले ध्वनि प्रदूषण गरेको भन्दै हेलो सरकारमा उजुरी परेको...
काठमाण्डु, १५ माघ – नेकपा एमालेको स्थायी समिति बैठक बुधबार बस्दैछ । पार्टी मुख्यालय बल्खुमा दिउँसो ३ बजेपछि बस्ने बैठकमा संसदीय दलको नेता चयन, सहमतिय सरकार गठनका लागि काँग्रेसको प्रस्ताव लगायतका विषयमा छलफल हुने बताइएको छ । संसदीय दलको नेता चयनमा शीर्ष नेताहरुबीच कुरा...
काठमाण्डु, १५ माघ – अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले पदबाट राजीनामा नदिने भएका छन् । उनले व्यवस्थापिका–संसदवाट नयाँ प्रधानमन्त्री चयन नभएसम्म सरकार प्रमुखको जिम्मेवारी नछोड्नेसमेत निष्कर्ष निकालेका छन् । रेग्मीले राष्ट्रपतिद्वारा सहमतीय सरकार गठनका लागि आह्वान गरेकै आधारमा आफूले सरकार प्रमुखबाट राजीनामा दिनुनपर्ने...
चितवन, १५ माघ – पछिल्लो समय चितवनमा बलात्कारका घटनाको सङ्ख्या कम भए पनि जटिलता भने थपिएको छ । जटिल प्रकृतिका करणीका घटनाका कारण मुद्दाको किनारामा ढिलाइ भएको हो । गत आर्थिक वर्षको छ महिनाको अवधिमा १५ वटा जबर्जस्ती करणीका मुद्दा दर्ता भएकामा चालु आर्थिक...
काठमाण्डु, १४ माघ – मंगलबार मात्रै काठमाण्डु प्रहरी प्रमुखमा सरुवा भएका प्रहरी वरिष्ठ उपरीक्ष रमेश खरेलले काठमाण्डुमा अपराध जन्माउने पहिलो थलो क्यासिनो र नाइट क्लव भएको भन्दै त्यसमाथिको नियन्त्रण आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् । क्यासिनो र नाइट क्लवले धेरैलाई घरबार विहीन बनाएको...
काठमाण्डु, १४ माघ – प्रमुख तीन दलको बैठकमा १२ बुँदेदेखि अहिलेसम्म भएका सबै सहमति अनुसार नै अघि बढ्ने सहमति भएको छ । शान्तिकोषको सचिवालयमा भएको बैठकमा अहिलेसम्म गरेका सबै सहमति पालना गरेर अघि बढ्ने सहमति भएको हो । यस्तै बैठकले अघिल्लो संविधानसभाको बैठकले गरेका...
काठमाण्डु, १४ माघ– राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधान निर्माण गर्ने काममा आफ्नो पार्टीले रचनात्मक सहयोग गर्ने बताएका छन् । काठमाण्डुमा सुरु पार्टीको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै थापाले एक वर्षभित्र संविधान निर्माण गर्ने गरी द्रुतगतिको विधि र प्रक्रिया सम्बन्धमा आफूले संविधानसभामा प्रस्ताव पेस गर्ने...
काठमाण्डु, १४ माघ – नेकपा मालेले महासचिव सीपी मैनालीलाई संसदीय दलको नेता चयन गरेको छ । मंगलबार बसेको मालेको सभासद दलको बैठकले मैनालीलाई संसदीय दलको नेता चयन गरेको हो । यस्तै बैठकले अइन्द्र सुन्दर नेम्वाङलाई सचेतक चयन गरेको महासचिव सिपी मैनालीले जानकारी दिए ।...
काठमाण्डु, १४ माघ – नेपाली काँग्रेसले सहमतीय सरकार गठनका लागि पहल तीव्र बनाएका बेला संविधानसभाको तेस्रो ठूलो दल एकीकृत नेकपा माओवादीले सरकारबाहिरै बसेर संविधान निर्माणमा रचनात्मक भूमिका खेल्ने निर्णय गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास लाजिम्पाटमा बिहान बसेको केन्द्रीय कार्यालयको बैठकले सरकारमा...
कीर्तिपुर, १४ माघ– त्रिभुवन विश्वविद्यालयले आगामी चैतभित्र स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को निर्वाचन गर्नेगरी छलफल अघि बढाएको छ । निर्वाचन प्रक्रियालगायतका विषयमा लामो समयसम्म विद्यार्थी संगठनहरुको मत बाझिएपछि विगत पाँच वर्षयता हुन नसकेको स्ववियुको निर्वाचन कार्यक्रम सार्वजनिक गर्न यसअघि नै विद्यार्थी संगठनहरुले विश्वविद्यालयको ध्यानाकर्षण गराएका छन्...