समाचार

चोरी सिकारी नियन्त्रणमा कर्मचारी

२०७० माघ १७ गते ६:१०

चितवन, १७ माघ – दुर्लभ वन्यजन्तुको चोरी सिकारी नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी र सुरक्षार्थ खटिएको नेपाली सेना फरक रणनीतिका साथ जुटेका छन् । विगतका वर्षहरुमा यस मौसममा चोरी सिकारी बढी हुने गरेको पाइएपछि माघको पहिलो सातादेखि अत्याधुनिक प्रविधिसहित चोरी सिकारी नियन्त्रण अभियान...

धौलागिरी अञ्चल खुला दिसामुक्त

२०७० माघ १७ गते ४:२४

बागलुङ, १७ माघ – धौलागिरि अञ्चललाई देशकै पहिलो खुला दिसामुक्त अञ्चल घोषणा गरिएको छ । बिहीबार अञ्चल सदरमुकाम बागलुङ बजारमा भएको एक विशेष समारोहबीच अञ्चललाई खुला दिसामुक्त अञ्चलका रुपमा घोषणा गरिएको हो । घोषणासभाको उद्घाटनपछि संघीय मामिला तथा स्थानीय विकासमन्त्री विद्याधर मल्लिकले अञ्चलको घोषणापश्चात्...

माओवादीमा पार्टी एकता बारे बहस

२०७० माघ १७ गते ४:०६

काठमाण्डु, माघ १७ – दुई माओवादीबीच एकीकरणप्रति केन्द्रित हुँदै हेटौंडा महाधिवेशनले बोकेका ‘लाइन’बारे बहस सुरु भएको छ । दोस्रो संविधानसभा चुनावमा अनपेक्षित हार बेहोरेपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टी मिल्नुपर्ने प्रस्ताव नेकपा-माओवादी अध्यक्ष मोहन वैद्यसँग राखेका थिए । दुवै पार्टीका केही नेताले अनौपचारिक रूपमा...

पूर्वप्रधानन्यायाधीश उपाध्यायको निधन

२०७० माघ १७ गते २:४६

काठमाण्डु, १७ माघ – पूर्वप्रधानन्यायाधीश विश्वनाथ उपाध्यायको निधन भएको छ । २०४७ सालको संविधानका प्रमुख मस्यौदाकारसमेत रहेका उपाध्यायको गए राति १२ बजे न्युरो अस्पताल बाँसबारीमा उपचारका क्रममा ८४ वर्षको उमेरमा निधन भएको हो । पाँच वर्षदेखि न्युरो अस्पतालको स्वास्थ्य निगरानीमा रहेका उपाध्यायलाई मस्तिष्काघात भएपछि...

डोल्पामा यातायात नहुनुको पीडा

२०७० माघ १७ गते २:०७

डोल्पा, १७ माघ – केन्द्रसम्मको पहुँचको हिसाबले सबैभन्दा दुर्गम मानिएको डोल्पा जिल्ला सडक सञ्जालले छुन नसकेको देशकै एक मात्र जिल्ला हो । यहाँ जिल्लाबाहिर आवतजावत गर्नका लागि हवाई यातायातमा निर्भर रहनु परेको छ । सामान्य स्वास्थ्य परीक्षण गर्नसमेत हवाई यातायत नै कुर्नुपर्ने बाध्यता भएकाले...

श्रीमानको हत्या गर्ने आमाछोरा पक्राउ

२०७० माघ १७ गते १:५४

विराटनगर, १७ माघ – छोरासँग मिलेर श्रीमानको हत्या गरी फरार भएका आमाछोरालाई मोरङ प्रहरीले बिहीबार पक्राउ गरी यहाँ सार्वजनिक गरेको छ । विराटनगर–१ वेलगाछी टोलका ३५ वर्षीया सुशीला कामत र १७ वर्षीय विवेक कामतलाई जिल्ला प्रहरी कार्यालयमा बिहीबार साँझ पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको...

दुई सातामा एमाओवादीको डेढ सय बैठक

२०७० माघ १७ गते १:३६

काठमाण्डु, माघ – कुनै राजनीतिक पार्टीले दुई सातामा कति बैठक गर्न सक्ला ? एमाओवादीले त्यति अवधिमा करिब डेढ सय बैठक गरेको छ । यी बैठकबाट उसले संविधान निर्माण, राष्ट्रिय सम्मेलन र पार्टी निर्माणलगायत करिब एक दर्जन निर्णय गर्दै छ । बिहीबार पनि उसको बैठक...

कपिलवस्तुका शिक्षक अख्तियारको कारबाहीमा

२०७० माघ १७ गते १:१४

कपिलवस्तु, १७  माघ – कपिलवस्तुका १८१ जना शिक्षक जरिवानामा परेका छन् । उनीहरुले गत वर्षको भदौ मसान्तभित्र सम्पत्ति बिवरण नबुझाएकाले अख्तियारको छानबिनपछि कारबाही थालिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । भ्रष्टाचार निवारण ऐनअनुसार सार्वजनिक पद धारण गरेका व्यक्तिले अनिवार्यरुपमा हरेक आर्थिक वर्षको भदौ मसान्तभित्र...

अघिल्लो संविधानसभामा भएका निर्णयका स्वामित्व ग्रहण हुँदैन : कमल थापा

२०७० माघ १६ गते १२:२२

काठमाण्डु १६ माघ– राप्रपा नेपालले अघिल्लो संविधानसभाले गरेका निर्णको कुनै पनि हालतमा स्वामत्व ग्रहण गर्न नसकिने स्पष्ट पारेको छ । काठमाण्डुमा सम्पन्न पार्टीको राष्ट्रिय सम्मेलनले कुनै पनि हालतमा अघिल्लो संविधानसभाको निर्णय स्विकार्न नसकिने स्पष्ट पारेको हो । राप्रपा नेपालले सरकारमा नजाने र संविधान निर्माण...

एमाले संससदीय दलको नेताको निर्वाचन २१ गते

२०७० माघ १६ गते ११:३४

काठमाण्डु, १६ माघ– नेकपा एमालेले आउँदो २१ गते संसदीय दलको निर्वाचन गर्ने भएको छ । विहीबार बसेको स्थायी समिति बैठकले २० गते बस्ने केन्द्रीय समिति बैठकले सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गर्न नसके २१ गते चुनाव गर्ने निर्णय गरेको एमाले सचिव शंकर पोखरेलले...

लेक लागेर चिनियाँ नागरिकको मृत्यु

२०७० माघ १६ गते १०:२०

सोलुखुम्बु, १६ माघ– लेक लागेर खुम्जुङमा आज बिहान एक चिनियाँ नागरिकको मृत्यु भएको छ । काठमाण्डुबाट एक्लै खुम्जुङ पुगेका ३२ वर्षीय ओयुआङ रुइटेनको विहीबार विहान मृत्यु भएको प्रहरीले जनाएको छ । उनको खुम्जुङ ८ सोमारेस्थित एक होटलमा विहान ४ बजे भएको हो । मृत्युबारे...

औषधि पसल अनिश्चितकालका लागि बन्द

२०७० माघ १६ गते ९:०३

वीरगन्ज, १६ माघ– वीरगन्जका सम्पूर्ण औषधि पसल विहीबारदेखि अनिश्चितकालका लागि बन्द भएका छन् । औषधि पसल बन्द भएबाट सबैभन्दा बढी उपचारका लागि आउने बिरामी प्रभावित भएका छन् । नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्ज परिसरभित्र रहेका औषधि पसलहरुको बोलपत्रको विषयलाई लिएर औषधि व्यवसायी संघ नारायणीको अह्वानमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us