सुर्खेत, १८ माघ – केही समयदेखि अपराध नियन्त्रणका लागि भन्दै साना हतियार बरामद अभियानमा लागेको यहाँको प्रहरीले धमाधम हतियार बरामद गर्न थालेको छ । जिल्लामा साना हतियारको कारोवार बढेको र साना हतियारले नै अपराध निम्त्याएको निष्कर्ष निकाल्दै प्रहरीले यो अभियानलाई तीव्रता दिएको हो ।...
काठमाण्डु, १८ माघ – गैरसरकारी स्तरमा सांस्कृतिक आदान–प्रदान, व्यवसाय प्रवद्र्धनका साथसाथै लगानी प्रवद्र्धन गर्ने उद्देश्यले मंगोलिया र नेपालका ब्यावसायिक संस्थाहरुले एक समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । मंगोलियाको राजधानी उलानबटोरस्थित अर्लियान्हथ शेङदियन इम्पोर्ट एन्ड एक्सपोर्ट ट्रेडिङ कम्पनीका नेपाल भ्रमणमा रहेका प्रतिनिधिहरु श्रीमती नरातसेत्सेग बोलोर्मा...
दार्चुला, १८ माघ – दार्चुलाको लटिनाथ प्राथमिक विद्यालय एकजना शिक्षकको भरमा सञ्चालन भइरहेको छ । लटिनाथ प्राथमिक विद्यालय बर्मुडे छ महिनादेखि एकजना शिक्षकको भरमा सञ्चालन हुँदै आएको छ । तीनजना शिक्षकको दरबन्दी रहेको यस विद्यालयमा अहिले २०० विद्यार्थी अध्ययनरत छन् । तीनजना शिक्षक भए...
काठमाण्डु, १८ माघ – घर छोडेर गएको पच्चीस वर्ष बितिसक्दा पनि कुनै खवर नपाई आफन्तको वियोगमा जलिरहेको एक परिवारले अहिले खोजीका लागि सम्बन्धित निकायलाई आग्रह गरेका छन् । सर्लाही घर भई हाल पद्मोदय मोडमा तरकारी पसल थाप्दै आएकी धुम्मादेवी कार्की आफ्ना दुई भाइ हराएको...
खोटाङ, १७ माघ – खोटाङमा भएको यात्रुबस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । काठमाण्डुबाट खोटाङ हलेसी जाँदै गरेको बा २ ख ७०६३ नम्बरको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । बस ओखलढुंगामा दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेको सनाखत...
चितवन, १७ माघ– नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले राष्ट्रपतिले दिएको समयसीमाभित्रै सहमतीय सरकार गठनका लागि प्रक्रिया अगाडि बढिरहेको बताएका छन् । नेपाल निजामती कर्मचारी युनियनको विधान अधिवेशनको उद्घाटन गर्दै कोयरालाले छिट्टै सहमतीय सरकार गठनका लागि दलहरूसँग छलफल भइरहेको र सबै दल नेपाली काँग्रेसको नेतृत्वमा...
काठमाण्डु, १७ माघ – एकीकृत माओवादीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले पार्टीले गर्ने भनेको राष्ट्रिय सम्मेलनको साटो केन्द्रीय महाधिवेश गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । शुक्रबार भएको पूर्वपोलिटब्युरो र राज्य संयोजकको छलफलमा भट्टराईले केन्द्रीयस सम्मेलनको साटो महाधिवेशन गरेरै पार्टीमा देखिएका समस्या समाधान गर्न प्रस्ताव...
काठमाण्डु, १७ माघ – नेकपा एमालेले पार्टी आगमी नवौं महाधिवेशमा प्रस्तुत गर्ने दस्तावेज लेखनको जिम्मा उपाध्यक्ष बामदेव गौतमलाई दिएको छ । बैठकले महाधिवेशमा प्रस्तुत गर्ने दस्तावेजको मस्यौदा तयार गर्ने जिम्मा गौतमलाई दिएको हो । ‘पार्टीको महाधिवेशनमा प्रस्तुत हुने दस्तावेज लेखनको जिम्मा दिन समिति बनाउने...
काठमाण्डु, १७ माघ – शुक्रबार सोनाम, ल्होसार तामाङ समुदायले देशभर हर्षाेल्लासका साथ मनाउँदैछन् । तामाङ समुदायले चन्द्र पात्रो अनुसार २८५० औं सोनाम ल्होसारलाई घोडा वर्षको रुपमा स्वागत गरेका छन् । ल्होसार मनाउने समुदायले यस्ता ‘ल्हो’ अर्थात वर्ष बाह्रवटा भएको विश्वास गर्छन् । सोनाम ल्होसारका...
काठमाण्डु, १७ माघ – आज सोनाम, ल्होसार तामाङ समुदायले देशभर हर्षाेल्लासका साथ मनाउँदैछन् । तामाङ समुदायले चन्द्र पात्रो अनुसार २८५० औं सोनाम ल्होसारलाई घोडा वर्षको रुपमा स्वागत गर्दैछन् । ल्होसार मनाउने समुदायले यस्ता ‘ल्हो’ अर्थात वर्ष बाह्रवटा भएको विश्वास गर्छन् । बाह्र वर्षको नाम...
सप्तरी, १७ माघ– सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त गस्ती टोलीले विहीबार राति सप्तरीको नर्घाेबाट भारततर्फ अवैध रुपमा लैजान खोजिएकोे ५२ बोरा सुपारी नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय पातोका प्रहरी नायब निरीक्षक जगदीश पासवान र सशस्त्र बेस क्याम्प पातोका सशस्त्र प्रहरी निरीक्षक...
भक्तपुर, माघ – सरकारले देशभरका सात हजार ३ सय ५९ माध्यमिक तहका सामुदायिक विद्यालयलाई कम्प्युटर प्रदान गर्ने भएको छ । कम्प्युटर शिक्षाको पहुँच बढाउन तथा विद्यार्थीको सिकाइमा सहजता ल्याउन माध्यमिक तहको सामुदायिक विद्यालयमा पाँचवटाका दरले कम्प्युटर दिने भएको शिक्षा विभागले जानकारी दिएको छ ।...