समाचार

जाँड खाएर हल्ला गर्ने प्रहरी जवान पक्राउ

२०७० माघ १९ गते ९:०९

वीरगन्ज, १९ माघ– अत्यधिक मदिरा सेवन गरी सार्वजनिक स्थानमा होहल्ला गरेको आरोपमा एक प्रहरी जवानलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुरजाहाकट्टी सुरक्षा बेस क्याम्पमा कार्यरत प्रहरी जवान शम्भु चौहान रहेको प्रहरीले जनाएको छ । सूचना संकलनका लागि सादा पोसाकमा खट्दै आएका चौहानलाई...

महोत्तरीमा प्रहरी र सशस्त्र समूहबीच भिडन्त

२०७० माघ १९ गते ७:३२

महोत्तरी, १९ माघ– महोत्तरीको हलखोरीमा प्रहरी र सशस्त्र समूहबीच दोहोरो भिडन्त भएको छ । भिडन्तमा सशस्त्र समूहका एक जनाको मृत्यु भएको छ । अन्दाजी ३० वर्षीय मृतकको सनाखत हुन नसकेको महोत्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामप्रसाद श्रेष्ठले बताए । जिल्ला प्रहरी कार्यालयबाट गएको विशेष...

अध्यादेशबाट संविधान संशोधन रोक्न सभासदहरुको माग

२०७० माघ १९ गते ४:४६

काठमाण्डु, १९ माघ– व्यवस्थापिका–संसदको आइतबारको बैठकमा सरकारका तर्फबाट विभिन्न अध्यादेश पेस भएका छन् । बैठकमा मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले गत चैत १ गते, असोज १ र असोज ८ गतेको बाधाअड्काउ फुकाउसम्बन्धी अध्यादेश प्रस्तुत गरेका हुन् । यस्तै अर्थमन्त्री शंकर कोइराला सेवा र कार्यहरुका लागि...

यसरी पुगे ज्ञानेन्द्र नारायणहिटीबाट नागार्जुन

२०७० माघ १९ गते ४:२८

काठमाण्डु, १९ माघ– तत्कालीन राजा ज्ञानेन्द्रले २०४७ सालको संविधानले दिएको सीमा नाघेर शक्ति हातमा लिएको आज नौ वर्ष पुगेको छ । २०६१ साल माघ १९ गते आजैका दिन ज्ञानेन्द्रले जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गरी सम्पूर्ण सत्ता आफ्नो हातमा लिएका थिए । सत्ता हातमा...

आज सर्वोच्चसहित देशभरका अदालत बन्द

२०७० माघ १९ गते २:४०

काठमाण्डु, १९ माघ– पूर्वप्रधानन्याायधीश विश्वनाथ उपायायको निधनमा शोक मनाउन आज देशभरका अदालत बन्द भएका छन् । कायममुकायम प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माको अध्यक्षतामा शुक्रबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले शोक मनाउन आइतबार सर्वोच्चतसहित, पुनरावदेन, जिल्ला र न्यायाधीकरणमा बिदा दिने निर्णय गरेको थियो । २०४७ सालको संविधानका...

काँग्रेस पहलमा आज पनि सर्वदलीय बैठक

२०७० माघ १९ गते २:२८

काठमाण्डु, १९ माघ– नेपाली काँग्रेसले सहमतीय सरकार गठनको अन्तिम प्रयासस्वरुप आज पनि सर्वदलीय बैठक बोलाएको छ । राष्ट्रिय सरकार गठनका लागि राष्ट्रपतिले दिएको एक साताको समय सकिनै लाग्दा काँग्रेसले तेस्रोपटक सर्वदलीय बैठक आह्वान गरेको हो । राष्ट्रपति रामवरण यादवले अन्तरिम संविधानको धारा ३८( १...

सहमतिका लागि राष्ट्रपतिले दिएको समय आज सकिंदै

२०७० माघ १९ गते २:०९

काठमाण्डु, १९ माघ– राष्ट्रपति रामवरण यादवले सहमतीय सरकार गठनका लागि दलहरुलाई दिएको समयसीमा आज सकिंदैछ । राष्ट्रपतिले नेपालको अन्तरिम संविधान–२०६३ को ३८ (१) अनुसार सहमतीय सरकार गठनका लागि एक साताअघि आजसम्मको समय दिएका  थिए । तर दलहरुबीच सहमति नभएपछि सहमतीय सरकार गठनको सम्भावना टर्ने...

एमालेले सभासदलाई तालिम दिने

२०७० माघ १९ गते १:०५

काठमाण्डु, १९ माघ– नेकपा एमालेले आज आफ्ना सभासदलाई प्रक्षिक्षण दिने भएको छ । एमालेले संविधानसभा र व्यवस्थापिका संसदमा कसरी प्रस्तुत हुने भन्नेबारे नयाँ सभासदलाई प्रशिक्षण दिन लागेको हो । व्यवस्थापिका संसद् बैठकपछि सभासद प्रशिक्षण कार्यक्रम राखिएको नेता रवीन्द्र अधिकारीले काठमाण्डु टुडेलाई जानकारी दिए ।...

एमाओवादीको राष्ट्रिय सम्मेलन वैशाख १८ गते

२०७० माघ १८ गते १७:१२

काठमाण्डु, १८ माघ – एकीकृत माओवादीले आउँदो वैशाख १८ गते मे दिवसका दिन संगठनात्मक राष्ट्रिय सम्मेलन गर्ने भएको छ । एमाओवादीको केन्द्रीय समिति बैठकले संगठनात्मक राष्ट्रिय सम्मेलनको मिति तोकेको हो । एमाओवादीको माघ २ गतेदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले...

सहमतीय सरकार गठनको सम्भावना सकियो

२०७० माघ १८ गते १३:२७

काठमाण्डु, १८ माघ– राजनीतिक दलबीच हालसम्म भइरहेको छलफलका आधारमा सहमतीय सरकार गठनको सम्भावना सकिएको छ । शनिबार बसेको सर्वदलीय बैठकमा राप्रपा नेपालले लिखित रुपमै असहमति जनाएपछि सहमतीय सरकार गठन हुने संभावना सकिएको हो । राष्ट्रपतिले सहमतीय सरकार गठनका लागि आइतबार बेलुकी ५ बजेसम्मको समय...

प्रकाश दाहालको स्टाटसमा लेखनाथकी पूर्वपत्नीको यस्तो कमेन्ट

२०७० माघ १८ गते १३:२३

काठमाण्डु, १८ माघ – नेकपा–माओवादीका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेकी पूर्व पत्नी आस्था घिमिरेले न्यौपाने विरुद्ध सामाजिक सञ्जालमा आक्रोश पोखेकी छन् । काठमाण्डु टुडेमा प्रकाशित एमाओवादी अध्यक्ष पुष्पमकमल दाहाल प्रचण्ड पुत्र प्रकाशको अन्तर्वार्तामा आफ्नो प्रतिक्रिया दिँदै उनले सांकेतिक रुपमा आक्रोश पोखेकी हुन् । घिमिरेले आफ्नो...

‘शिविरमा भएको भ्रष्टाचारको छानबिन नगरे हतियार उठाउने’

२०७० माघ १८ गते १०:२७

काठमाण्डु, १८ माघ – बहिर्गनमा परेका पूर्व माओवादी लडाकूहरुले लडाकुका शिविरमा भएको भ्रष्टाचारको छानबिन नगरे हतियार उठाउने चेतावनी दिएका छन् । रिपोटर्स क्लवमा पत्रकार सम्मेलन गरेर उनीहरुले एकीकृत नेकपा माओवादी पार्टी भ्रष्टाचार र तस्करीको अखडा भएको आरोप लगाए । उनीहरुले सत्ता र शक्तिको आडमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us