दार्चुला, २२ माघ–सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म दार्चुलाले सीमा सुरक्षार्थ सीमा गस्ती सुरु गरेको छ । सीमा क्षेत्रमा हुने अराजक गतिविधि र चोरी तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरीले गस्ती सुरु गरेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्मका प्रमुख प्रहरी नायब उपरीक्षक धनबहादुर सिंहले...
काठमाण्डु, २२ माघ– संविधानसभा निर्वाचनमा दुई क्षेत्रबाट निर्वाचित नेताहरुले एक क्षेत्र छाड्ने भएका छन् । दुई क्षेत्रबाट विजयी भएका कांग्रेस सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा , एमाले वरिष्ठ नेता माधवकुमार नेपाल तथा उपाध्यक्ष वामदेव गौतमले एक क्षेत्र छाडेका हुन् । बिहीबारको संविधानसभा...
काठमाण्डु, २२ माघ– वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले आजबाट बजार अनुगमन तीव्र पार्ने भएको छ । उपभोक्ताले निरन्तरको बजार अनुगमनबाट पनि कालोबजारी तथा अनियमितता रोक्न सरकार असफल भएको गुनासो गरेपछि विभागले आक्रामक रणनीतिसहित बजार अनुगमन तीव्र पार्ने भएको हो । विभागका बजार निर्देशक हरिनारायण...
काठमाण्डु, २२ माघ– नेपाली काँग्रेस संसदीय दलको बैठक आज पहिलोपटक बसेको छ । सभापति सुशील कोइराला दल नेता चुनिएपछि काँग्रेस संसदीय दलको बैठक बिहीबार पहिलोपटक बसेको हो । संविधानसभा भवनभित्र रहेको ल्होत्से हलमा बसेको बैठकमा सभापति कोइरालालाई प्रधानमन्त्री बनाउन केन्द्रीय समितिले गरेको प्रस्ताव तथा...
काठमाण्डु, २२ माघ – व्यवस्थापिका संसद सचिवालयले नयाँ प्रधानमन्त्री चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । संसद सचिवालयले बुधबार निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो । प्रधानमन्त्री चयनका लागि आउँदो २५ र २६ गते मनोनयन दर्ताको समय तोकिएको छ । प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका...
काठमाण्डु, २१ माघ – नेकपा एमालेको संसदीय दलको नेतामा केपी शर्मा ओली विजयी भएका छन् । संसदीय दलको नेता लागि मंगलबार भएको निर्वाचनमा ओलीले ९८ र खनालले ७५ मत पाए । सिंहदरबारमा रहेको संसदीय दलको कार्यालयमा मतदान भएको थियो । चुनावमा एमालेका १ सय...
काठमाण्डु २१ माघ–ठूला दलका नेताहरुलाइ संविधान निर्माणको सट्टा सत्तालोलुप भएको आरोप लागिरहेका बेला काठमाण्डु क्षेत्र नम्बर ३ का सभासद रामेश्वर फुयाल भने आफूलाई जनतामाझ लैजाने कार्यमा व्यस्त छन । जनताका लागि संविधान निर्माण र विकासको काम पनि जनताकै सुझाव अनुसार गर्ने भन्दै फुयालले आफ्नो...
विराटनगर, २१ माघ– मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले मन्त्रिपरिषद्बाट मनोनयन हुने २६ सभासदका सम्बन्धमा संविधानसभाको बैठकपछि छिट्टै निर्णय हुने बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले निकट भविष्यमा संविधानसभाको बैठकमा मनोनीत सभासद सम्बन्धमा सहमति भई निर्णय हुने बताए । अध्यक्ष रेग्मी सुनसरीको धरानस्थित...
काठमाण्डु, २१ माघ – व्यवस्थापिका संसदको कार्यव्यवस्था परामर्श समितिले आउँदो २७ गते प्रधानमन्त्रीको निर्वाचन गर्न सिफरिस गरेको छ । मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सोमबारका लागि चुनाव गर्न सभामुखलाई सुझाव दिएको संसद सचिवालयका प्रवक्त मुकुन्द शर्माले काठमाण्डु टुडेलाई जानकारी दिए । राष्ट्रपतिले सहमतीय...
चितवन, २१ माघ – चितवनको जगतपुरमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । गाउँका साथीहरुसँगै राप्ती नदी किनारमा खर काट्न गएका गुञ्जानगर–७ जीतपुरका अन्दाजी ४३ वर्षीय एकबहादुर तामाङलाई बाघले आक्रमण गरेको हो । बाघको आक्रमणबाट सोमबार साँझ उनको मृत्यु भएको प्रहरीले जनाएको छ...
काठमाण्डु, २१ माघ – आज श्रीपञ्चमी । देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा–आराधना गरी मनार्इंदै छ । विशेष गरी नेपाल र पूर्वी भारतमा धार्मिक आस्थापूर्वक सरस्वतीको पूजा गरिँदैछ । आजकै दिनबाट बसन्त ऋतुको सुभारम्भ हुने भएकाले यसलाई बसन्त पञ्चमी पनि भन्ने चलन छ ।...
पर्सा, २१ माघ – मर्मत सम्भारको अभावमा दशकौँदेखि बन्द रहेको वीरगन्जको घण्टाघर पुनः सञ्चालनमा आउने भएको छ । घण्टाघरको मर्मत सम्भार तथा रेखदेखको जिम्मेवारी पाएको नेपाल टेलिकमले बन्द रहेको घण्टाघरको घडी मर्मत सम्भारको सम्पूर्ण कार्य पूरा गरेकाले अबको दुई दिनमा घडी चल्ने पक्का भएको...