काठमाण्डु, २२ माघ – एकीकृत माओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईले आफू तत्काल पार्टी अध्यक्ष नबन्ने बताएका छन् । आफू कहिल्यै पनि पदको आकांक्षी नभएको भन्दै भट्टराईले नयाँ पुस्तालाई अघि सानुपर्छ भन्नेमा आफू रहेको बताए । ‘व्यक्तिगत रुपमा म कहिल्यै पनि पदको आशक्ति राख्दिन,’ बीबीसी...
काठमाण्डु, २२ माघ – नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले कांग्रेसपछि हटे स्वभाविक रुपमा आफू सरकारको नेतृत्व गर्न तयार रहेको बताएका छन् । ठुलो दलको हिसाबले कांग्रेसले सरकार बनाउने भएपनि कांग्रेस पछि हटे नेतृत्व लिन आफू तयार रहेको बताए । ‘काँग्रेसको सरकारमा...
काठमाण्डु, २२ माघ– सरकारले व्यवस्थापिका–संसदमा प्रस्तुत गरेका छवटा अध्यादेशमध्ये एउटा सर्वसम्मत र पाँच सामान्य छलफलपछि बहुमतले पारित भएको छ । संसदको बुधबारको बैठकमा गृहमन्त्री माधवप्रसाद घिमिरेले प्रस्तुत गरेको संविधानसभा निर्वाचन अध्यादेश २०७०, निर्वाचनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०६९, संविधानसभा निर्वाचन अध्यादेश २०७०...
गोरखा, २२ माघ– नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले जातीय राज्य हुन नहुने बताएका छन् । गोरखामा भएको कार्यक्रममा अध्यक्ष ढकालले कुनै जाति विचार, भाषाको आधारमा अगाडि बढेमा मुलुक दुर्घटनामा पर्ने दावी गरे । संविधानसभा निर्वाचनमा जनताको जनादेश सहमति र सहकार्यका लागि रहेकाले सबै...
रौतहट, २२ माघ– रौतहटको गौर नगरपालिका १० सबगढास्थित बकैया खोला किनारमा रहेको केराघारीमा एक महिलाको शव फेला परेको छ । बुधबार विहान ११ बजे स्थानीयवासीले केराघारीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । महिलाको शरीरको माथिल्लो भाग अधिकांश रुपमा जलेकाले सनाखत हुन सकेको छैन...
सुर्खेत, २२ माघ– कतारबाट घर फर्किंदै गर्दा हत्या गरिएका जुम्लाका राजन बुढाको हत्यामा उनकै श्रीमती संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । मृतक बुढा २०६८ पुसमा कतार गएपछि श्रीमती गीता पुलामी (बुढा) ले नेपालमा अर्कैसँग विवाह गर्ने निधोमा पुगिसकेकाले श्रीमानको हत्या गर्ने योजना बनाएको...
नुवाकोट, २२ माघ– एकीकृत नेकपा (माओवादी)का नेता पोष्टबहादुर बोगटीले तत्काल नेकपा–माओवादीसँग एकताको कुनै सम्भावना नरहेको बताएका छन् । नुवाकोटको विदुरमा क्रान्तिकारी पत्रकार संघले गरेको पत्रकार भेटघाटमा एमाओवादीका पूर्व महासचिवसमेत रहेका बोगटीले यस्तो बताएका हुन् । बोगटीले पार्टीको हेटाँैडा महाधिवेशनले तय गरेका एजेन्डालाई परिमार्जन गरेर...
भक्तपुर २२ माघ – भक्तपुरमा एक किशोरीले घरको भर्याङमा पासो लगाएर आत्महत्या गरेकी छन् । सुसाइड नोट लेखेर भक्तपुर सिरुटार २ चारदोबाटो बस्ने १७ वर्षकी सविना कार्कीले आत्महत्या गरेकी हुन् । भिएस निकेतनमा कक्षा ११ मा अध्ययनरत कार्कीले आफ्नै घरको भर्याङमा झुण्डिएर आत्महत्या गरेको...
काठमाण्डु, २२ माघ– काठमाण्डुको भिमसेनगोलास्थित एक गार्मेन्ट उद्योगमा आगलागी हुँदा एक करोडभन्दा बढीको धनमाल क्षति भएको छ । काठमाण्डु वडा नं ३४ को वडा कार्यालयसँगै रहेको डिल्ली रिजालको एलेस फेसन गार्मेन्ट उद्योगमा विद्युत् सर्ट भई आगलागी भएको हो । काम गर्ने क्रममा विहान आठ...
पर्सा, २२ माघ– अवैध कारोबारीबाट घुस लिएको अभियोगमा एक प्रहरी जवानलाई जिल्ला प्रहरी कार्यालय पर्साले निलम्बन गरेको छ । हेटौँडा प्रहरी गणमा दरबन्दी भई जिल्ला प्रहरी कार्यालय पर्सामा काजमा खटिएका प्रहरी जवान रामरतन राय यादवलाई प्रहरी आचरणविपरीत कार्य गर्दै अवैध रकम असुली गरेको अभियोगमा...
इलाम, २२ माघ–सशस्त्र द्वन्द्वका समयमा ज्यान गुमाएका यस जिल्लाका १३ जनाका परिवारले अझै पनि राहत पाउन सकेका छैनन् । द्वन्द्वमा ज्यान गुमाउने १३८ जनामध्ये १२५ जनाका परिवारले भने जिल्ला प्रशासन कार्यालयबाट राहत बुझिसकेका छन् । सो द्वन्द्वमा राज्य पक्षबाट ८९ जना, विद्रोही पक्षबाट ४९...
गोरखा, २२ माघ–नेपाल विद्युत् प्राधिकरण गोरखाले विद्युत् चोरी गर्ने ग्राहकको लाइन काट्न सुरु गरेको छ । विगत एक हप्ताभित्र विद्युत् चोरी गर्ने १४ जनालाई कारबाही गरिएको प्राधिकरण शाखा प्रमुख ज्ञानेन्द्र आचार्यले जानकारी दिए । कारबाहीबाट ३० हजार रकम सङ्कलन भएको उनले बताए ।...