समाचार

एमालेलाई सहमतिमा ल्याउन काँग्रेस प्रयासरत

२०७० माघ २४ गते ४:२८

काठमाण्डु, २४ माघ – बहुमतीय सरकार गठनको कसरतमा रहेको नेपाली काँग्रेसले नेकपा एमालेलाई सहमतिमा ल्याउन शुक्रबार पनि प्रयास गर्ने भएको छ । पार्टी सभापति सुशिल कोइरालाको नेतृत्वमा सरकार गठनका विषयमा शुक्रबार एमाले शीर्ष नेताहरुसँग छलफल हुने काँग्रेसले जनाएको छ । शीर्ष तहमा छलफल गरेर...

मतदाता भेट्न सिरहा पुगे प्रचण्ड

२०७० माघ २४ गते ४:२५

सिरहा, २४ माघ– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मतदाता भेटघाटका लागि शुक्रबार सिरहा पुगेका छन् । उनी स्वकीय सचिव चुडामणि खड्का र केही सुरक्षाकर्मीका साथ बिहानै सिरहाको लहान पुगेका हुन् । संविधानसभा निर्वाचनमा सिरहा–५ बाट निर्वाचित भएका उनले निर्वाचनपछि मतदातालाई धन्यवाद दिन गएका...

कार्की हत्याका अभियुक्तलाई जन्मकैद

२०७० माघ २४ गते ३:२६

ओखलढुङ्गा, २४ माघ – जिल्ला अदालत ओखलढुङ्गाले नेकपा एमालेका नेता छविलाल कार्कीको हत्याका पाँच अभियुक्तलाई जन्मकैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश सुभाषबाबु पुरीको इजलासले सो फैसला गरेको हो । पूर्पक्षमा रहेका एमाओवादीका कार्यकर्ताहरु पोखरे गाविसका यदुनाथ घिमिरे, दियाले–९ का टिकाराम भुजेल, पोखरे गाविसकै...

पर्सामा महिला हिंसाका घटना बढ्दो

२०७० माघ २४ गते ३:२०

पर्सा, २४ माघ – महिला तथा बालबालिकामाथि हुने हिंसा न्यूनीकरणका लागि चौतर्फी पहल भएपनि पर्सामा गएको एक वर्षमा हिंसामा परेर न्यायको माग गर्दै प्रहरी समक्ष पर्ने उजुरीको सङ्ख्या बढ्दो छ । न्यायका लागि माग गर्दै प्रहरीसमक्ष गत वर्ष ११० वटा र माहिला तथा बालबालिका...

ट्रकको ठक्करबाट उपसचिवको मृत्यु

२०७० माघ २४ गते ३:१३

काठमाण्डु, २४ माघ – ट्रकको ठक्करबाट संसद सचिवालयमा कार्यरत उपसचिव तेजबहादुर थापाको मृत्यु भएको छ । बा १ ब ७९६६ नम्बरको मोटरसाईकलमा सवार थापालाई विहीबार साँझ काठमाण्डुको सतुङ्गलमा ना ४ ख २१४९ को मालबाहक ट्रकले ठक्कर दिएको थियो । महादेवस्थान गुर्जुधारा घर भएका ५९...

ट्रायल फेल भएको भोलिपल्टै लाइसेन्स !

२०७० माघ २४ गते २:११

कञ्चनपुर, २४ माघ – सवारी चालक अनुमतिपत्र वितरण गर्दै आएको यातायात व्यवस्था विभागले अघिल्लो दिन परीक्षामा सामेल भई फेल भएका एक चालकलाई भोलिपल्टै सवारी चालक अनुमतिपत्र दिएको रहस्य सार्जजनिक भएको छ । नुवाकोट गणेशस्थानका लालकुमार अधिकारीले सवारी चालक अनुमतिपत्र लिनका लागि दिएको ट्रायलमा अघिल्लो...

धनगढीको चौराहामा सिसिटिभी जडान

२०७० माघ २४ गते १:५६

धनगढी, २४ माघ – शान्ति सुरक्षा चुस्त र सुदृढ पार्न नेपाल प्रहरीले धनगढीको ट्राफिक चौराहमा सिसिटिभी क्यामरा जडान गरेको छ । आपराधिक घटना नियन्त्रण गर्न, सवारी दुर्घटना न्यूनीकरणमा टेवा पुर्याउन तथा प्रविधिमा आधारित सुरक्षा प्रणालीमा जोड दिन सिसिटिभीको प्रयोगले सघाउ पुग्ने विश्वास लिइएकोे सुदूरपश्चिमका...

हत्याका आरोपी ११ वर्षपछि पक्राउ

२०७० माघ २३ गते १३:५८

स्याङ्जा, २३ माघ – स्याङ्जाको पुतलीबजार नगरपालिका–१० हिरापाटाका बलबहादुर भुजेलको हत्याका आरोपी स्थानीय कुमार घर्ती भनिने रेशमबहादुर जिटीलाई हत्या भएको ११ वर्षपछि प्रहरीले विहीबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक हरिबहादुर बरुवालका अनुसार गत २०६० साल असार २० गते भुजेललाई...

लागुऔषध प्रयोगकर्तामा हेपाटाइटिस ‘सी’

२०७० माघ २३ गते १३:५३

कञ्चनपुर, २३ माघ– सुईका माध्यमबाट लागुऔषध प्रयोग गर्नेहरूमा हेपाटाइटिस ‘सी’ रोग देखा परेको छ । लागुऔषध नियन्त्रणमा काम गरिरहेको संस्था फेद कञ्चनपुरका अनुसार सुईका माध्यमबाट लागुऔषध प्रयोग गर्नेलाई हेपाटाइटिस ‘सी’ देखा परेको हो । संस्थाको सम्पर्कमा आएका लागुऔषध प्रयोगकर्ताको रगत जाँच गर्दा उनीहरू सबैमा...

प्रेमपत्र र उपहारसँगै भेटियो दुई युवतीको शव

२०७० माघ २३ गते १३:४५

कैलाली, २३ माघ – कैलालीको धनगढी नगरपालिका ४ को शिवपुरी सामुदायिक वनमा बिहीबार दुई युवतीको शव भेटिएको छ । कञ्चनपुर परासनकी २१ वर्षीया पूर्णीमा बानियाँ र कमला ओझाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले कैलालीले जनाएको छ । कमलाको शव रुखमा झुण्डिएको र पूर्णीमाको शव...

रमेश खरेल भन्छन्, ‘कामका लागि पैसा लिने प्रहरीलाई छाड्दिन’

२०७० माघ २३ गते १३:३९

काठमाण्डु, २३ माघ–काठमाण्डु प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश खरेलले उपत्यकामा हुने गरेको गुण्डागर्दी नियन्त्रणका लागि सक्रिय हुन मातहतका निकायलाई निर्देशन दिएका छन् । खरेलले काठमाण्डुका प्रभाग, वृत्त र विटमा २१ बु“दे लिखित सर्कुलर पठाउँदै गुण्डागर्दी नियन्त्रणमा खटिन निर्देशन दिएका हुन् । गुण्डागर्दीका कारण...

पाल्पा दुर्घटनामा ज्यान गुमाउने १३ जनाको सनाखत

२०७० माघ २३ गते १३:१७

तानसेन, २३ माघ– पाल्पाको चिदीपानीमा यात्रुबाहक बस दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते हुने तीन जनाको लुम्बिनी मेडिकल कलेज र चार जनाको युनाइटेड मिसन अस्पातालमा उपचार भइरहेको छ । मृत्यु हुनेमा नेपाल प्रहरीमा कार्यरत दुई प्रहरी जवान गुल्मी म्यालपोखरी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us