समाचार

इन्टरनेटबाटै रगत माग्न सकिने

२०७० माघ २५ गते ६:२५

चितवन,  माघ – नेपाल रेडक्रस सोसाइटी र रक्तसञ्चार केन्द्रका गतिविधिहरु अब इन्टरनेटको माध्यमबाट पनि अध्ययन गर्न सकिने भएको छ । क्षेत्रीय रक्तसञ्चार केन्द्र चितवनलाई केन्द्रबिन्दु मानेर हरेक गतिविधि सफ्टवेयरमार्फत कम्प्युटरमा राखिने भएकाले यस्तो सुविधा उपलब्ध भएको केन्द्र प्रमुख रमेश पौडेलले जानकारी दिए । यो...

फर्निचर उद्योगमा आगलागी

२०७० माघ २५ गते ५:२४

म्याग्दी, २५ माघ – म्याग्दी सदरमुकाम बेनीबजारको बैंक रोडमा रहेको गणेश फर्निचर उद्योगमा शनिबार बिहान आगलागी भएको छ । आगलागीमा परी एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आगोले पोलेर लेखनाथ नगरपालिका घर भई हाल फर्निचरमा काम गर्दै आएका ३३ वर्षीय विक्रम...

बहुमतीय सरकार गठनको प्रक्रिया सुरु

२०७० माघ २५ गते ५:२४

काठमाण्डु, २५ माघ – बहुमतीय सरकार गठनको प्रक्रिया शनिबारबाट सुरु भएको छ । शनिबार बिहान १० बजेदेखि प्रधानमन्त्रीको लागि उम्मेदवारी दर्ता गर्ने समय सुरु भएको छ । अन्तरिम संविधानको धारा ३८ (१) बमोजिम सहमतिको सरकार गठन नभएपछि धारा ३८ (२) बमोजिम बहुमतीय सरकार गठन...

राष्ट्रपतिलाई बाबुरामले भने, ‘नयाँ निर्वाचनको पहल गर्ने कि !’

२०७० माघ २५ गते ३:४५

काठमाण्डु, २५ माघ – एकीकृत माओवादीका नेता डा. बाबुराम भट्टराईले राष्ट्रपतिय निर्वाचनका लागि डा. रामवरण यादव स्वयम्ले पहल गर्नुपर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले राष्ट्रपति स्वयंले नयाँ निर्वाचनको पहल गर्नु गणतन्त्र र लोकतन्त्रको हितमा हुने बताएका हुन् ।...

हात्तीपाइले रोगको औषधी खुवाइँदै

२०७० माघ २५ गते ३:०८

काठमाण्डु, २५ माघ – शनिबार देखि हात्तीपाइले रोगविरुद्धको औषधी खुवाईंदैछ । पहिलो चरणअन्तर्गत ३१ जिल्लामा माघ २५ देखि २७ र दोस्रो चरण फागुन १० देखि १२ गतेसम्म नौ जिल्लामा औषधी खुवाउन लागिएको हो । तथ्यांकअनुसार नेपालका ६५ जिल्ला हात्तीपाइले रोगको जोखिममा छ, भने करिब...

काठमाण्डु अपराधीहरुको क्रिडास्थल बन्दै

२०७० माघ २५ गते २:२३

काठमाण्डु, २५ माघ – केही समयअघि एक दैनिक पत्रिकाले ‘काठमाडौंका डनहरू’ भनेर केही कुख्यात अपराधीको फोटोसहित विवरण छापेको थियो। उक्त पत्रिकाका सम्पादक र पत्रकार भोलिपल्ट डनहरूले कस्तो प्रतिक्रिया जनाउने हुन् भन्ने जान्न उत्सुक थिए। केही मात्रामा चिन्तित पनि। भोलिपल्ट उक्त पत्रिकाको सम्पादकको मात्र होइन,...

विद्युत नहुँदा एक्स–रे मेसिन चलेन

२०७० माघ २५ गते १:५९

गोरखा, २५ माघ – नेपाल विद्युत प्राधिकरण गोरखाले आवश्यक विद्युत नदिँदा जिल्ला अस्पतालमा भएको एक्स–रे मेसिन चल्न सकेको छैन । मेसिन नचल्दा बिरामीहरु एक्स–रेका लागि काठमाण्डु र  भरतपुर जान बाध्य हुने गरेका छन् । आवश्यक विद्युत नहुँदा अस्पतालमा रहेको एक्स–रे मेसिन एक वर्षदेखि नचलेको...

गोविन्द केसी पुन: आमरण अनसनमा बस्दै

२०७० माघ २५ गते १:२४

काठमाण्डु, २५ माघ – त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक गोविन्द केसीले शनिबार दिउँसो २ बजेदेखि फेरि अनसन थाल्दैछन् । आफूसँग भएको सहमति कार्यान्वनमा सरकार गम्भीर नदेखिएको भन्दै केसीले पुनः अनसन थाल्ने भएका हुन् । १४ दिन लामो अनसन तोडिएको केही दिनमा नै केसी...

अवैध रक्सीसहित पाँच पक्राउ

२०७० माघ २४ गते १४:४२

काठमाण्डु, माघ २४– अवैधरुपमा रक्सी उत्पादन गरी बिक्री वितरण गर्दै आएका पाँचजनालाई प्रहरीले जोरपाटीबाट नियन्त्रणमा लिएको छ । जोरपाटीको अत्तरखेलमा घरटहरा बनाई अवैध रक्सी उत्पादन एवम् बिक्री गर्दै आएकालाई महानगरीय प्रहरी वृत्त बौद्धको प्रहरी टोलीले नियन्त्रणामा लिएको हो । प्रहरीले अत्तरखेलकी कान्छी लामा, शोभा...

तुलसी गिरीलाई पार्टीमा भित्र्याउनेले अब पनि धोका खान्छन् : कांग्रेस नेता जोशी

२०७० माघ २४ गते ११:२१

काठमाण्डु, २४ माघ – नेपालीक कांगेसका पुराना नेता रामहरि जोशीले कांग्रेसको नेतृत्वले बेलैमा नसोचे धोका खाने बताएका छन् । विगतमा पनि आफूले भनेको नमान्दा नेतृत्वले धोका पाएको भन्दै जोशीले अब पनि त्यस्तै अवस्था आउने दावी गरे । ‘विगतमा मैले तुलसी गिरीलाई पार्टीमा नभित्र्याउँ, धोका...

मुलुकमा संकट आए सरकारमा जानसक्छौं : प्रचण्ड

२०७० माघ २४ गते १०:२६

बर्दिवास, २४ माघ–एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीको मुख्य ध्येय संविधान निर्माण भएको बताएका छन् । महोत्तरीको बर्दिवासस्थित पारिजात स्मृति अस्पतालको सभाकक्षमा स्थानीय राजनीतिक कार्यकर्ता र सञ्चारकर्मीसँगको कुराकानीमा उनले सत्ता आफ्नो प्राथमिकतामा नरहेको स्पष्ट पारे । अस्पतालका बिरामीको अवस्था र उपचार प्रबन्धबारे...

अपांग समुदायद्वारा प्रतिनिधित्वको माग

२०७० माघ २४ गते ८:२३

काठमाण्डु, २४ माघ – संविधानसभामा अपागता भएका व्यक्तिहरुको प्रतिनिधित्वको माग गर्दै राष्ट्रिय अपांग महासंघले रिले अनसन सुरु गरेको छ । महासंघले सरकारले मनोनयन गर्ने २६ जनामा आफूहरु पर्नुपर्ने माग गर्दै बुधबारदेखि काठमाण्डुको भद्रकालीमा रिले अनसन सुरु गरेको हो। समानुपातिक र प्रत्यक्षतर्फको सभासद् सूचिमा कुनै...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us