समाचार

नयाँ राष्ट्रपतिको चुनाव हुनुपर्छ : बाबुराम

२०७० माघ २६ गते १०:००

काठमाण्डु, २६ माघ – एकीकृत माओवादीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले राष्ट्रपति र उपराष्ट्रपतिको नयाँ निर्वाचन हुनुपर्ने बताएका छन् । रातो झिल्को त्रैमासिकले काठमाण्डुमा गरेको कार्यक्रममा भट्टराईले नयाँ निर्वाचन भएपछि राष्ट्रपतिको पनि निर्वाचन हुनुपर्ने बताए । ‘पहिलो संविधानसभा सकिएर नयाँ निर्वाचन भएपछि स्वत राष्ट्रपति...

एमालेले कांग्रेस नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्ने

२०७० माघ २६ गते ९:१७

काठमाण्डु, २६ माघ – नेकपा एमालेले नेपाली कांग्रेसको नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्ने भएको छ । आइतबार नयाँ बानेश्वरमा बसेको एमाले स्थायी समितिको बैठकले कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेको हो । वर्तमान राष्ट्रपति र उपराष्ट्रपतिलाई व्यवस्थापिका संसदबाट अनुमोदन गराउने विषयमा कांग्रेस सकारात्मक देखिएपछि एमालेले...

बालिका बलत्कार गर्ने पूर्व सभासदलाई ७ वर्ष कैद

२०७० माघ २६ गते ९:०९

पोखरा, २६ माघ– जिल्ला अदालत कास्कीले बालिकालाई यौन शोषण गरेको आरोपमा पूर्व सभासद सफिक मियाँलाई सात वर्ष कैद र रु दुई लाख जरिवाना गर्ने फैसला गरेको छ । जिल्ला न्यायाधीश रामप्रसाद ओलीको इजलासले घरमा काम गर्न राखेकी १४ वर्षीया बालिकामाथि यौन शोषण गरेको आरोपमा...

पूर्वगृहराज्यमन्त्री कँडेललाई ज्यान मार्न धम्की

२०७० माघ २६ गते ८:४०

परासी, २६ माघ– पूर्वगृहराज्यमन्त्री एवम् नेपाली काँग्रेस वलपरासीका सभापति देवेन्द्रराज कँडेलले आफूलाई लाई ज्यान मार्ने धम्की आएको बताएका छन् ।  छन् । नम्बर नदेखिने मोबाइलबाट आफूलाई केही दिनयता बारम्बार ज्यान मार्ने धम्की आइरहेको कँडेलले बताए । तीन महिनाभित्र ज्यान मार्ने भन्दै नम्बर नखुलेको नम्बरबाट...

विदेश जानेहरुका कारण बहुविवाह बढ्यो

२०७० माघ २६ गते ७:४४

इटहरी, २६ माघ– वैदेशिक रोजगारीमा जाने क्रम बढेसँगै बहुविवाहका घटनामा पनि बढोत्तरी आएको पाइएको छ । धरानमा दैनिकजसो बहुविवाहसम्बन्धी वा सम्बन्ध विच्छेद गरी पाउा भन्दै उजुरी दिनेको संख्या बढ्दै गएको छ । यसरी उजुरी दिनेमा महिला र पुरुषको संख्या लगभग बराबर छ । अचम्म...

काँग्रेस विभाजन हुन सक्ने एसडी मुनिको संकेत

२०७० माघ २६ गते ७:४०

काठमाण्डु २६ माघ–नेपाल मामिलाका जानकार भारतीय बुद्धिजीवी एस डी मुनीले नेपाली काँग्रेसमा बिभाजन आउन सक्ने संकेत दिएका छन् । सोमबार वरिष्ठ नेता शेरबहादुर देउवाले पार्टी फुटाउनबाट जोगाउनु सभापति सुशील कोइरालाका लागि चुनौती रहेको उनले बताएका छन् । प्रधानमन्त्रीका लागि प्रस्तावित सभापति कोइरालाको अवस्थाका बारेमा...

रेग्मीलाई रोक्ने प्रयासमा बारको बैठक

२०७० माघ २६ गते ६:३१

नयाँ सरकार गठनको गृहकार्य भैरहंदा मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई सर्वोच्च अदालत फर्कन नदिनेबारे रणनीति बनाउन कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसनको बैठक आइतवार बस्दैछ। मन्त्रिपरिषद अध्यक्षका रुपमा सर्वोच्च अदालतमा विभिन्न मुद्दा खेपिरहेका रेग्मी प्रधानन्यायधीशमा फर्कन खोजे इजलास बहिस्कारसम्मका आन्दोलनका कार्यक्रम घोषणा गर्ने बारका...

काँग्रेस–एमाले मिलेर सरकार बनाऊ: प्रचण्ड

२०७० माघ २६ गते ५:५५

चितवन, २६ माघ– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मिलेर सरकार बनाउन काँग्रेस र एमालेलाई आग्रह गरेका छन् । क्रान्तिकारी पत्रकार संघ चितवनले भरतपुर विमानस्थमा आइतबार गरेको पत्रकार भेटघाटमा उनले आफूहरुको मुख्य ध्यान सरकार नभइ संविधान भएको बताएका हुन् । प्रचण्डले आफ्नो दल...

हात्तीपाइलेविरुद्धको अभियान जारी

२०७० माघ २६ गते ४:४२

काठमाण्डु, २६ माघ– सरकारले मुलुकका विभिन्न ३१ जिल्लामा हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउने अभियान आज पनि जारी राखेको छ । सरकारले यो वर्षको पहिलो चरण अन्र्तगत हिजोबाट पूर्वाञ्चलका ११, पश्चिमाञ्चलका ५,  मध्यपश्चिमका १० र सुदूरपश्चिमका ५ जिल्लामा हात्तीपाइलेविरुद्धको अभियान थालेको थियो । पहिलो चरणको अभियान...

एमालेसँग कुरा नमिलेपछि काँग्रेसले गुहार्‍यो माओवादी

२०७० माघ २६ गते ४:३०

काठमाण्डु, २६ माघ– राष्ट्रपति निर्वाचन हुनुपर्ने अडानबाट एमाले पछि नहटेपछि सरकार नेतृत्वमा दाबी गर्दै नेपाली काँग्रेसले एकीकृत माओवादीलाई गुहारेको छ । आज बिहानै एमाओवादी अध्यक्ष प्रचण्डको लाजिम्पाटस्थित निवास पुगेर काँग्रेस नेताहरुले सरकार गठनमा सघाउन आग्रह गरेका छन् । जवाफमा माओवादीले पार्टीमा आन्तरिक छलफलपछि निर्णय...

काँग्रेस–एमालेबीच सहमति नभए गठबन्धन अघि सर्ने

२०७० माघ २६ गते ४:२७

एकीकृत माओवादी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा आइतबार बसेको बैठकले सरकार बनाउने म्याण्डेट काँग्रेस–एमालेलाई रहेकाले त्यसलाई महत्व नदिने निष्कर्ष निकालेको हो । तर दुई ठूला दलको असहमतिले सरकार निर्माणमा ढिला भई मुलुकले निकास पाउने सम्भावना कमजोर बनेको अवस्थामा भने सोच्न सकिने निष्कर्षमा गठबन्धन पुगेको छ...

शिक्षण अस्पतालमा अन्योल, बिरामी चिन्तामा

२०७० माघ २६ गते १:४८

काठमाण्डु, २६ माघ– निर्देशक डा.भगवान कोइरालाको राजीनामा र डा. गोविन्द केसीको आमरण अनशनका कारण त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको सेवा प्रभावित हुने भएको छ । डा. केसीको मागमा समर्थन जनाउँदै आवासीय चिकित्सकहरु आन्दोलनको तयारीमा जुटेका छन् । अस्पतालमा भइरहेका गतिविधिका कारण उपचारका लागि आएका बिरामी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us