समाचार

अधिकतम सहमतिको सरकार बनाउँछु: सुशील

२०७० माघ २७ गते ७:४७

काठमाण्डु, २७ माघ– काँग्रेस सभापति सुशील कोइरालाले आफू बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री बने पनि अधिकतम सहमतिका आधारमा सरकार सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् । व्यवस्थापिका–संसद बैठकमा प्रधानमन्त्रीमा आफ्नो उम्मेदवारी पेश गर्दै कोइरालाले यस्तो बताएका हुन् ।  कोइरालले जनताको बलिदानबाट प्राप्त राजनीतिक उपलब्धी संस्थागत गर्न सबै...

त्रिवि शिक्षण अस्पतालमा नयाँ डिन नियुक्तिको तयारी

२०७० माघ २७ गते ४:५९

काठमाण्डु, २७ माघ– चिकित्साशास्त्र अध्ययन संस्थानमा तत्काल नयाँ डिन नियुक्त गर्न सरकारले फेरि निर्देशन दिएपछि त्रिभुवन विश्वविद्यालय आन्तरिक गृहकार्यमा जुटेको छ । विश्वविद्यालयका शिक्षाध्यक्ष गुणनिधि न्यौपानेले आवश्यक विधि र प्रक्रिया पूरा गरी डिन नियुक्तिको तयारी भइरहेको जानकारी दिए । आफूसँग भएको सहमतिअनुसार वरिष्ठताका आधारमा...

माओवादी गठबन्धनले सुशीलको विपक्षमा मतदान गर्ने

२०७० माघ २७ गते ३:४०

काठमाण्डु, २७ माघ– एकीकृत माओवादी नेतृत्वको सघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले व्यवस्थापिका–ंसंसदमा आज हुने प्रधानमन्त्री निर्वाचनमा विपक्षमा मतदान गर्ने भएको छ । माओवादी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बिहान बसेको बैठकले प्रधानमन्त्रीमा काँग्रेस सभापति सुशील कोइरालाको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा...

बालुवाटारबाट सिधै घर जाने खिलराजको तयारी

२०७० माघ २७ गते ३:३०

काठमाण्डु, २७ माघ– प्रधानन्यायाधीशसमेत रहेका मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी सर्वोच्च अदालत नफर्कने भएका छन् । रेग्मीनिकट स्रोतका अनुसार बार एसोसिएसनको विरोध तथा प्रधानन्यायाधीशको कार्यकाल केही महिना मात्र रहेका कारण रेग्मी अदालत नफर्कने मनस्थितिमा पुगेका हुन् । बारले रेग्मी अदालत फर्किन प्रतिकार गर्ने चेतावनी दिँदै...

खिलराजलाई रोक्न वकिलहरुको यस्तो तयारी

२०७० माघ २७ गते २:५१

काठमाण्डु, २७ माघ– मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीलाई अदालत फर्कनबाट रोक्ने रणनीतिमा रहेको कानुन व्यवसायीहरुको छाता संस्था नेपाल बार एसोसिएसनले आन्दोलनका नयाँ कार्यक्रम तय गर्ने भएको छ । त्यसका लागि बारले दिउँसो साढे १ बजेका लागि केन्द्रीय समिति बैठक बोलाएको छ । रामशाहपथस्थित कार्यालयमा बस्ने...

आज प्रधानमन्त्री निर्वाचन, सुशील पक्का

२०७० माघ २७ गते १:०८

काठमाण्डु, २७ माघ– बहुमतीय प्रणालीबाट नयाँ प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका–संसदमा आज मतदान हुँदैछ । सचिवालयले यसअघि नै तय गरेको कार्यतालिका अनुसार बिहान ११ बजेपछि संविधानसभा भवन नयाँबानेश्वरमा बस्ने संसद बैठकमा प्रधानमन्त्री निर्वाचन हुने छ । प्रधानमन्त्री पदमा काँग्रेस सभापति सुशील कोइरालाको मात्र दरखास्त परेकाले...

बाख्राले ढुंगा खसाल्दा बालिकाको मृत्यु

२०७० माघ २६ गते १३:४७

बैतडी २६ माघ– पानी भर्न गएका बेला माथिबाट बाख्राले ढुंगा खसाल्दा बैतडीको महादेवस्थानमा नौ वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्युहुनेमा महादेवस्थान–५ गौरीगाउँका चक्र बोहराकी छोरी कोपिला बोहरा रहेको प्रहरी जनाएको छ । पानी भर्न जाने बेला टाउकामा ढुङ्गा लागेर गम्भीर घाइते भएकी बोहराको...

अहिले सरकार भन्दा संविधान प्राथमिक : एमाओवादी

२०७० माघ २६ गते १३:२०

काठमाण्डु, २६ माघ – एकीकृत माओवादीको पूर्वपदाधिकारीको बैठकले तत्काल सरकारमा नजाने निर्णय गरेको छ । आइतबार बेलुकी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा बसेको बैठकले प्रतिपक्षमा बस्ने निर्णय गरेको हो । यस्तै एमाओवादीले सरकार भन्दा पनि संविधान प्राथमिक भएकाले संविधान निर्माणमा केन्द्रित हुने पनि निर्णय...

आगलागीबाट ५० लाखको क्षति

२०७० माघ २६ गते १३:०१

विराटनगर, २६ माघ । मोरङको पथरीमा एक घरमा आगलागी हुँदा  ५० लाखभन्दा बढीको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पथरी–१ स्थित शोभा शर्माको एकतले टिनको छाना भएको घरमा विद्युत् सर्ट भई आगलागी हुँदा सो घरमा रहेको किराना पसल, सुनचाँदी, नगद, अन्नपात...

अन्ततः सुशील एक्लै मैदानमा

२०७० माघ २६ गते १०:५३

काठमाण्डु, २६ माघ – गाणतन्त्र नेपालको नयाँ प्रधानमन्त्रीको चयन सोमबार हुँदैछ । नयाँ प्रधानमन्त्रीको रुपमा नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता सुशील कोइरालाको मात्रै उम्मेदवारी परेको छ । शनिबार कांग्रेससँगै मनोनयन पत्र लगेपनि एमालेले अन्ततः कांग्रेसलाई नै समर्थन गर्ने भएपछि भावी  प्रधानमन्त्रीका रुपमा...

‘एमालेले छोडे पनि हामी उठाउछौं राष्ट्रपतिको एजेण्डा’

२०७० माघ २६ गते १०:४७

काठमाण्डु, २६ माघ –  राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आफूहरु नयाँ राष्ट्रपतिको निर्वाचनको पक्षमा रहेको भन्दै कुनै पनि हालतमा यो एजेण्डा छोड्ने बताएका छन् । सत्ताको स्वार्थ र भागबण्डामा अल्झेर एमालेले यो मुद्दा छोडेको भन्दै थापाले आफूहरु नयाँ राष्ट्रपति निर्वाचनकै पक्षमा रहेको...

यस्तो छ कांग्रेस एमालेबीच भएको ६ बुँदे सहमति

२०७० माघ २६ गते १०:३९

काठमाण्डु, २६ माघ – नेपाली कांग्रेस र एमालेबीच ६ बुँदे सहमति भएको छ । सरकार गठन प्रक्रियालाई अघि बढाउने र समयमै संविधान निर्मा गर्न दुई दलबचीय यस्तो सहमति भएको हो । संविधान जारी नभएसम्म अहिलेकै राष्ट्रपतिलाई निरन्तरता दिने सहमति भएको छ । नयाँ बानेश्वरमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us