समाचार

२४ घण्टाभित्र डिन नियुक्त गर्न प्रधानन्त्रीको निर्देशन

२०७० माघ २८ गते ९:३२

काठमाण्डु, २८ माघ– नवनियुक्ति प्रधानमन्त्री सुशील कोइरालाले २४ घण्टाभित्र त्रिवि चिकित्शासास्त्र अध्ययन संस्थानमा डिन नियुक्ति गर्न त्रिभुवन विश्वविद्यालय पदाधिकारीलाई निर्देशन दिएका छन् । सिंहदरबारमा पदभार ग्रहण गरेपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकले डिन नियुक्त गर्न निर्देशन दिएको हो । वरिष्ठताका आधारमा डिन नियुक्ति र त्रिवि...

आमाछोरा नै यौन व्यवसायमा संलग्न भएपछि

२०७० माघ २८ गते ९:२०

बारा, २८ माघ – बाराको कलैयामा अवैध यौन व्वयसाय सञ्चालन गरेर बसेका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार राति प्रहरीले यौन व्यावसायमा संलग्न रहेको आरोपमा अमाछोरालाई पक्राउ गरेको हो । स्थानीय बासिन्दाको सहयोगमा उनीहरुलाई प्रहरीले बाराको कलैया नगरपालिका वडा नं ८ बाट पक्राउ...

महान्यायाधिवक्ता रेग्मीबाट राजीनामा

२०७० माघ २८ गते ९:१८

काठमाण्डु, २८ माघ– महान्यायाधिवक्ता द्रोणराज रेग्मीले पदबाट राजीनामा दिएका छन् । नयाँ सरकार गठन भएलगत्तै रेग्मीले राजीनामा दिएका हुन् । उनले बुधबार राष्ट्रपति रामवरण यादवसमक्ष राजीनामा बुझाएका हुन् । नयाँ सरकार बनेपछि राजीनामा दिनुपर्ने प्रचलनअनुसार आफूले राजीनामा दिएको रेग्मीले बताए । उनलाई खिलराज रेग्मी...

गृह मन्त्रालय नपाए एमाले सरकारमा नजाने, सपथग्रहण बहिस्कार

२०७० माघ २८ गते ७:५५

काठमाण्डु, २८ माघ –नेकपा एमाले सुशील कोइराला नेतृत्वको सरकारमा नजाने भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मंगलबार बसेको स्थायी कमिटिको आकस्मिक बैठकले उपप्रधानसहित गृह मन्त्रालय दिने पूर्वसहमतिबाट काँग्रेस पछि हटेकाले सरकारमा नजाने निष्कर्ष निकालेको हो । एमालेले सरकार गठनअघि भएको सात बुँदे सहमतिअघि...

दुई दिनमै सत्ता गठबन्धन संकटमा

२०७० माघ २८ गते ६:५९

काठमाण्डु, माघ २८ – नेकपा एमालेले प्रधानमन्त्री सुशील कोइरालाको सपथ ग्रहण कार्यक्रम बहिस्कार गर्ने भएको छ । पूर्वसहमति अनुसार आफूहरुलाई गृहमन्त्री नदिएर धोका दिएको भन्दै एमालेले सपथ ग्रहण कार्यक्रम बहिस्कार गर्ने भएको हो । भावी गृहमन्त्रीको रुपमा चर्चामा रहेका एमाले उपाध्यक्ष बामदेव गौतमले पत्रकार...

गुफा संरक्षण गर्न स्थानीयको माग

२०७० माघ २८ गते ६:३२

रसुवा, २८ माघ – रसुवाको यार्सा गाविसअन्तर्गत युब्रा क्षेत्रमा रहेको प्राकृतिक गुफा संरक्षण गर्न स्थानीय बासिन्दाले माग गरेका छन् । सो क्षेत्रमा रहेको करिब एक हजार मिटर लामो सुरुङजस्तो गुफाभित्र सेतो ढुङ्गामा हात्ती र आमाले बच्चा सुताइरहेको जस्ता आकारका शिला रहेका र गुफाभित्रबाट निरन्तर...

सुशील प्रधानमन्त्री भएकोमा राष्ट्रपति खुसी

२०७० माघ २८ गते ६:३०

काठमाण्डु, २८ माघ – राष्ट्रपति डा. रामवरण यादवले नयाँ सरकार गठनप्रति खुसी व्यक्त गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिकोत्सवको अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यादवले देशले लामो समयपछि जनप्रतिनिधिले चुनेको प्रधानमन्त्री पाएको भन्दै खुशी व्यक्त गरेका हुन् । जनताको प्रतिनिधिबाट...

सपथ सकिएपछि पुगे एमालेका प्रतिनिधि

२०७० माघ २८ गते ६:२९

काठमाण्डु, २८ माघ – राष्ट्रपति रामवरण यादवले प्रधानमन्त्री सुशील कोइरालाको सपथ ग्रहण गराइरहँदा सत्तासझेदार प्रमुख दल एमालेका प्रतिनिधि भने देखिएन । प्रधानमन्त्री कोइरालाले उपाध्यक्ष वामदेव गौतमलाई गृहमन्त्री नबनाउने भएपछि रुष्ट एमाले नेताहरुले सपथको कार्यक्रम नै बहिष्कार गरेको हो । मंगलबार नै बसेको एमाले स्थायी...

एमालेलाई गृह दिने सहमति भएको छैनः काँग्रेस

२०७० माघ २८ गते ५:४२

काठमाण्डु, २८ माघ – नेपाली काँग्रेसले एमालेसँग सरकार गठनअघि सातबुँदे सहमति गर्दा गृह मन्त्रालय दिने सहमति नगरेको दाबी गरेको छ । प्रधानमन्त्रीको सपथ ग्रहण नहुँदै गृह मन्त्रालयको विषयलाई लिएर दुई दलबीच चर्को विवाद भइरहेका बेला काँग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडुले गृह मन्त्रालय दिने विषयमा एमालेसँग...

तेइसौँ अख्तियार दिवस मनाईंदै

२०७० माघ २८ गते ५:२९

काठमाण्डु, २८ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तेइसौँ स्थापना दिवस मंगलबार विभिन्न कार्यक्रम गरि मनाईंदैछ । दिवसका अवसरमा राजधानीमा भ्रष्टाचारविरोधी र सदाचार प्रवद्र्धनसम्बन्धी र्याली (प्रभातफेरी) आयोजना गरियो । प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नेतृत्वमा रत्नपार्क शान्तिवाटिकाबाट प्रारम्भ भएको र्याली बागबजार–डिल्लीबजार–चारखालअड्डा, नक्साल, भगवतीबहाल हुँदै टङ्गालस्थित...

फरार अभियुक्त एक वर्षपछि पक्राउ

२०७० माघ २८ गते ५:०७

पर्सा, २८ माघ – अपहरण गरी हत्या गरेको अभियोगमा एक वर्षदेखि फरार रहेका एक अभियुक्तलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । वीरगन्ज उपमहानगरपालिका–६ निवासी १८ वर्षीय राजु प्रजापतिको अपहरणपछि हत्या गरेको अभियोगमा २०६९ साल असोज २१ गते फरार रहँदै आएका वीरगन्ज उपमहानगरपालिका–२ निवासी उमाशङ्कर...

छुट्टा–छुट्टै दुर्घटनामा दुईको मृत्यु

२०७० माघ २८ गते ३:१२

सिरहा, २८ माघ – पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको पुरानो चोहर्वामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मोटरसाइकलमा सवार अन्य दुईजना भने गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा चन्द्रलालपुर–२ का ५५ वर्षीय मोहम्मद नरुल मियाँ रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक पूर्णचन्द्र...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us