समाचार

गृह नपाए पनि एमाले सरकारमा आउँछ: पौडेल

२०७० माघ २९ गते ६:०७

पोखरा, २९ माघ– काँग्रेस उपसभापति रामचन्द्र पौडेलले एमालेलाई गृहमन्त्री दिनेबारे कुनै सहमति नभएको बताएका छन् । पोखरा विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै पौडेलले एमालेले हुँदै नभएको सहमतिको हल्ला चलाएको टिप्पणी गरेका हुन् । उनले नभएको सहमतिबारे अनावश्यक हल्ला गर्न छाडेर सरकारलाई पूर्णता दिनेबारे...

सहमति कार्यान्वयन नभए प्रतिपक्षमा: नेपाल

२०७० माघ २९ गते ५:३८

पोखरा, २९ माघ– एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सम्मानजनक सहभागिता नभए आफ्नो पार्टी सुशील कोइराला नेतृत्वको सरकारमा नजाने बताएका छन् । प्रेस चौतारी नेपालले पोखरामा आज गरेको पत्रकार भेटघाटमा उनले गृह मन्त्रालय दिने पूर्वहमति कार्यान्वयन भएको अवस्थामा मात्र सरकारमा जान दोहोर्‍याए । उनले सहमति...

बीए तेस्रो वर्षको परीक्षा चैत १७ देखि

२०७० माघ २९ गते ४:३४

काठमाण्डु, २९ माघ– त्रिभुवन विश्वविद्यालयले स्नातक तह तेश्रो वर्षको परीक्षा आगामी चैत १७ गतेदेखि लिने भएको छ । परीक्षा नियन्त्रण कार्यालय बल्खुले नयाँ तथा पुरानो पाठ्यक्रम अनुसार परीक्षा सञ्चालन हुने जनाएको छ । कार्यालयले बिहीबार राजपत्रमा प्रकाशित गरेको सूचनामा पुरानो पाठ्यक्रमअन्तगर्त पहिलो पटक स्नातक...

काँग्रेसले आज एमाले फकाउँदै

२०७० माघ २९ गते ३:४६

काठमाण्डु, २९ फागुन– प्रधानमन्त्रीको सपथ ग्रहण नहुँदै सत्ता गढबन्धन संकटमा परेपछि नेपाली काँग्रेसले सहमति प्रयासमा आज प्रमुख सत्ता साझेदार नेकपा एमालेसँग छलफल गर्दैछ । छलफलको समय र स्थान भने तय हुन बाँकी रहेको काँग्रेस नेता अर्जुननरसिंह केसीले जानकारी दिए । स्रोतका अनुसार काँग्रेस सभापतिसमेत...

बन्यो जम्बो मस्यौदा समिति

२०७० माघ २९ गते ३:०७

काठमाण्डु, २९ माघ– संविधानसभा निर्वाचन सकिएको तीन महिनापछि कार्य सञ्चालन नियमावली मस्यौदा समिति गठन भएको छ । नयाँबानेश्वरमा बुधबार बसेको संविधानसभा बैठकले सर्वसम्मतिले ४९ सदस्यीय मस्यौदा समिति गठन गरेको हो । बैठकमा त्यससम्बन्धी प्रस्ताव काँग्रेस सभासद चिनकाजी श्रेष्ठले पेश गरेका थिए भने एमाले सभासद...

नेम्वाङ फेरि संविधानसभा अध्यक्ष

२०७० माघ २९ गते ३:०४

काठमाण्डु, २९ माघ– एमाले नेता सुवासचन्द्र नेम्वाङ फेरि संविधानसभा अध्यक्ष हुने भएका छन् । संविधानसभा र व्यवस्थापिका–संसदको कारबाही सञ्चालनको अनुभव रहेको भन्दै एमालेले पुन: नेम्वाङलाई सभाध्यक्ष बनाउने तयारी गरेको हो । काँग्रेस र एमालबीच सत्ता गठबन्धनबारे भएको सात बुँदे सहमतिमा सभाध्यक्ष एमालेको भागमा परेको...

सरकारको निर्देशनपछि डिन नियुक्तिको गृहकार्य सुरु

२०७० माघ २९ गते २:२७

काठमाण्डु, २९ माघ– सरकारले चिकित्साशास्त्र अध्ययन संस्थानमा २४ घण्टाभित्र डिन नियुक्त गर्न निर्देशन दिएपछि त्रिभुवन विश्वविद्यालयले डिन नियुक्तिका लागि गृहकार्य थालेको छ । त्रिविका रजिष्टा्रर चन्द्रमणि पौडेलले आफूहरु डिन नियुक्तिको गृहकार्यमा जुटिसकेको जानकारी दिए । उनले आज बस्ने त्रिवि कार्यकारी परिषद्को बैठकले डिन नियुक्तिको...

प्रधानमन्त्री कोइरालालाई पहिलो गाँसमै ढुंगा

२०७० माघ २८ गते १५:३२

काठमाण्डु, २८ माघ– नवनिर्वाचित प्रधानमन्त्री सुशील कोइरालाको पहिलो गाँसमै ढुंगा लागेको छ । आफूलाई सरकार गठनमा समर्थन गरेको संविधानसभाको दोस्रो ठूलो दल नेकपा एमालेले गृह मन्त्रालय नपाए सरकारमा नजाने निर्णय गरेपछि कोइराला अप्ठेरोमा परेका छन् । नेपाली काँग्रेस  सरकार गठनअघि दुई दलबीच भएको सातबुँदे...

प्रधानमन्त्री कोइरालाबाट पद बहाली, महत मन्त्री नियुक्त

२०७० माघ २८ गते १३:३५

काठमाण्डु, २८ माघ – प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रपति डा रामवरण यादवबाट पद तथा गोपनियताको सपथ ग्रण गरेका छन् । राष्ट्रपति भवन शीतलनिवासमा म‌गलबार भएको विशेष समारोहमा प्रधानमन्त्री कोइरालाले सपथ ग्रहण गरेका हुन् । समारोहमा उपराष्ट्रपति परमानन्द झा, मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी, कायममुकायम प्रधानन्यायाधीश दामोदरप्रसाद...

रेग्मीले दिए प्रधानन्यायाधीशबाट राजीनामा (सम्बोधनको पूर्णपाठसहित)

२०७० माघ २८ गते १३:२१

काठमाण्डु, २८ माघ – निवर्तमान मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले सर्वाेच्च अदालतको प्रधानन्यायाधीश पदबाट राजीनामा दिएका छन् । देशवासीका नाममा अन्तिम सम्बोधन गर्दै रेग्मीले आफू पुनः सर्वाेच्च अदालत नफर्किने बताएका हुन् । ‘संवैधानिक रुपमा पुनः न्यायपालिकामा गएर काम गर्न पनि कुनै अफ्ठ्यारो पर्दैन,’ रेग्मीले भने,...

५ हजार भुक्तानी पनि वेवसाइटमा देखिने

२०७० माघ २८ गते ११:३९

काठमाण्डु, २८ माघ – राष्ट्रपतिबाट सपथग्रहण गरेलगत्तै प्रधानमन्त्रीको कार्यालय सिंहदरबार पुगेर पदभार ग्रहण गरेका प्रधानमन्त्री सुशील कोइरालाले ५ हजार रुपैयाँ भन्दा बढीको भुक्तानी दिँदा वेबसाइटमा सूचना राखेपछि मात्रै भुक्तानी दिने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन् । त्यसअघि कोइरालाले शहीद गेट पुगेर शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त...

किन गरेनन् प्रकाशमानले सपथ ग्रहण ?

२०७० माघ २८ गते ११:२३

काठमाण्डु, २८ माघ – नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले विनाविभागीय मन्त्रीको सपथ लिन अस्वीकार गरेका छन् । अर्का मन्त्री रामशरण महतसँगै सपथ गर्न प्रधानमन्त्री सुशील कोइरालाले गरेको प्रस्ताव सिंहले अस्वीकार गरेका हुन् । आफू यसअघि पनि पटकपटक मन्त्री भइसकेको र पार्टीको महामन्त्रीसमेत भएकाले विनाविभागीय...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us