समाचार

महिला मृत भेटिइन

२०७० माघ २९ गते १२:५१

इलाम, २९ माघ– इलाम साङरूम्वा–७ की एक महिला बुधबार मृत अवस्थामा फेला परेकी छन् । साङरूम्वा ७ की ४० वर्षीया सञ्चा राई घरनजिकैको जङ्गलमा मृत भेटिएकी हुन् । शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको र प्रहरीले अनुसन्धान सुरू गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ...

छोराले गरे बाबुको हत्या

२०७० माघ २९ गते १२:३२

इलाम, २९ माघ – इलाममा एक व्यक्तिले आफ्नै बाबुको हत्या गरेका छन् । इलामको महमाई ९ का ६५ वर्षका  नेत्रबहादुर मुखियाको उनकै छोरा ३० वर्षका प्रकाश मुखियाले हत्या गरेका हुन् । सामान्य विवादमा प्रकाशले फलामको डण्डीले बुबाको टाउकोमा हानेर हत्या गरेको प्रहरीले जनाएको छ...

बलात्कार गर्न नपाएपछि आमा छोरीकै हत्या

२०७० माघ २९ गते ११:२३

संखुवासभा, २९ चैत – संखुवासभामा गएको १७ गते भएको तीनजनाको हत्याको नयाँ रहस्य सार्वजनिक भएको छ । संखुवासभाको पाथीभरा १ का १६ वर्षीय निमा तेम्वा शेर्पाले बलात्कार गर्न नपाएपछि घरमा सुतिरहेका तीन जनाको हत्या गरेको प्रहरीले जनाएको छ । शेर्पा माघ १६ गते रातको...

एमाले पछि हटे सुशीललाई माओवादीको समर्थन

२०७० माघ २९ गते ११:२३

काठमाण्डु, २९ माघ– एकीकृत माओवादीका नेता लिलामणि पोखरेलले एमालेले कााग्रेस सभापति सुशील कोइराला नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिए आफ्नो पार्टीले बाहिरै बसेर समर्थन गर्ने बताएका छन् । राजधानीमा बुधबार भएको एक कार्यक्रममा पोखरेलले मुलुकमा संकट आए काँग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्न तयार रहेको...

एमालेलाई गृह दिँदा केही फरक पर्दैन: सुजाता

२०७० माघ २९ गते ११:१२

काठमाण्डु, २९ माघ– काँग्रेस नेतृ सुजाता कोइरालाले सरकारमा एमालेलाई गृह मन्त्रालय दिँदा केही फरक नपर्ने बताएकी छन् । राजधानीमा बुधबार भएको एक कार्यक्रममा उनले काँग्रेस गृह मन्त्रालय एमालेलाई दिने सहमतिबाट पछि हट्न नमिल्ने बताएकी हुन् । पार्टीको वार्ता टोलीमा रहेका नेताहरुले गृह मन्त्रालय एमालेलाई...

राकेश श्रीवास्तवलाई डिन नियुक्त गर्न त्रिविको प्रस्ताव

२०७० माघ २९ गते १०:५४

काठमाण्डु, २९ माघ– त्रिभुवन विश्वविद्यालयले चिकित्साशास्त्र अध्ययन संस्थान (आईओ एम) को डिनमा वरिष्ठ प्राध्यापक डाक्टर राकेश श्रीवास्तवलाई प्रस्ताव गरेको छ । त्रिवि पदाधिकारीको बुधबारको बैठकले आइओएमका वरिष्ठ प्राध्यापक श्रीवास्तवलाई डिनमा प्रस्ताव गरेको हो । सरकारले हिजो २४ घण्टाभित्र डिन नियुक्त गर्न त्रिवि पदाधिकारीलाई निर्देशन...

काँग्रेस–एमाले झगडामा विदेशीको चासो

२०७० माघ २९ गते १०:०१

काठमाण्डु, २९ माघ– सत्ता साझेदार दलहरुबीच मन्त्रालय बााडफााटको विषयलाई लिएर विवाद बढिरहेका बेला नेपालस्थित विदेशी राजदूहरुले त्यसबारे चासो देखाएका छन् । नेपालका लागि चिनियाँ राजदूत हु चुन्थाईले काँग्रेस सभापति सुशील कोइरालालाई उनकै निवास महाराजगञ्जमा भेटी त्यसबारे चासो राखेका हुन् । उनले सरकारले पूर्णता नपाउँदै...

खिलराजले बालुवाटार छाडे

२०७० माघ २९ गते ९:४९

काठमाण्डु, २९ माघ– निवर्तमान मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले बालुवाटारस्थित सरकारी निवास छाडेका छन् । रेग्मी नवनियुक्त प्रधानमन्त्री सुशील कोइरालाले सपथ खाएकै दिन मंगलबार राति बालुवाटारबाट कानेश्वरस्थित निजी निवास सर्नुुुभएको हो । उनको सामान आजै सार्ने र सााझसम्ममा बालुवाटार खाली गर्ने तयारी भइरहेको रेग्मीका एक...

सत्ता समर्थित दलहरुले यसरी झाँटे एमाले नेतालाई

२०७० माघ २९ गते ९:४०

काठमाण्डु, २९ माघ– सरकार समर्थित  दलहरुले सत्ताको झगडामा लागेर संविधान लेखनको मुल दायत्विबाट पछि नहड्न एमालेलाई सुझाव दिएका छन् । काँग्रेस सभापति सुशील कोइरालालाई प्रधानमन्त्रीमा समर्थन जनाएका दलहरुसाग एमाले नेतृत्वले आज गरेको छलफलमा उनीहरुले मन्त्रालय बाँडफाँटमा देखिएको विवाद तत्काल समाधान गरी सरकारलाई पूर्णता दिन...

सुदूरपश्चिम विश्वविद्यालयका सात पदाधिकारीको राजीनामा

२०७० माघ २९ गते ७:२४

महेन्द्रनगर, २९ माघ– सुदूरपश्चिम विश्वविद्यालयका सात पदाधिकारीले पदबाट सामूहिक राजीनामा दिएका छन् । काम गर्ने वातावरण नभएको भन्दै उनीहरुले आगामी १ फागुनदेखि देखि लागू हुने गरी बुधबार कुलपतिसमेत रहेका प्रधानमन्त्री सुशील कोइरालासमक्ष राजीनामा पठाएका हुन् । राजीनामा दिनेहरुमा उपकुलपति जयराज अवस्थी, रजिष्ट्रार हेमराज पन्त...

एमालेलाई गृह दिने सहमति भएको छैन: प्रधानमन्त्री

२०७० माघ २९ गते ७:१५

काठमाण्डु, २९ माघ– नवनियुक्त प्रधानमन्त्री सुशील कोइरालाले एमालेलाई गृहमन्त्री दिने सहमति नभएको दाबी गरेका छन् । बुधबारको संविधानसभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले हुँदै नभएको सहमतिमा बखेडा नझिक्ने आग्रह गरे । यद्यपि एमाले नेतृत्वसँग छलफल गरी छिट्टै सहमतिमा पुग्ने विश्वास उनले व्यक्त...

काँग्रेसलाई पशुपतिनाथले सदबुद्धि दिउन: खनाल

२०७० माघ २९ गते ६:५०

काठमाण्डु, २९ माघ– एमालेका अध्यक्ष झलनाथ खनालले प्रधानमन्त्री निर्वाचनअघि भएको सहमतिबाट काँग्रेस पछि हटे त्यसको परिणाम गम्भीर हुने चेतावनी दिएका छन् । संविधानसभाको बैठकमा सहभागी भएर बाहिरिने क्रममा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सहमति पालनामा इमान्दार हुन काँग्रेसलाई आग्रह गरे । ‘सरकार गठनअघि दुई...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us