समाचार

कुनै हालतमा राजीनामा दिन्न : महर्जन

२०७० फागुन १ गते १२:४१

काठमाण्डु, १ फागुन – त्रिभुवन विश्वविद्यालयका उपकुलपति हिराबहादुर महर्जनले कुनै  हालतमा पदबाट राजीनामा नदिने बताएका छन् । काठमाण्डुमा बिहीबार पत्रकार सम्मेलन गरेर उपकुलपति महर्जनले प्रा‍डा गोविन्द केसीले त्रिविका पदाधिकारीले राजीनामा गर्नुपर्ने माग राख्नु असान्दर्भिक र अव्यवहारिक भएको बताए । उपकुलपति महर्जनले सरकारले समेत आफूलाई...

ट्रकले मोटरसाइकलमा ठक्कर दिँदा दुई जनाको मृत्यु

२०७० फागुन १ गते १२:२९

बनेपा, १ फागुन– ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा आज काभ्रेमा दुई जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये एक जनाको घटनास्थलमै र एक जनाको धुलिखेल अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । मृत्यु हुनेमा काभ्रेको पोखरीचौरी गाविसकी सीता चौलागाईँ गौतम...

दुई माओवादी मिल्नुको विकल्प छैन: प्रचण्ड

२०७० फागुन १ गते ११:३६

काठमाण्डु, १ फागुन– एकीकृत माओवादी अध्यक्ष प्रचण्डले आफूबाट अलग्गिएर बनेको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीलाई तत्काल पार्टी एकतामा आउन अपिल गरेका छन् । घनश्याम ढकाल स्मृति प्रतिष्ठानले राजधानीमा बिहीबार गरेको कार्यक्रममा उनले एक घण्टा पनि ढिला नगरी पार्टी एकता थाल्नुपर्ने बताएका हुन् । क्रान्तिकारी शक्तिहरुबीचको...

गृहमन्त्री नपाएपछि यसरी कड्किए बामदेव

२०७० फागुन १ गते १०:३४

काठमाण्डु, १ फागुन– सुशील कोइराला नेतृत्वको सरकारमा गृहमन्त्री नपाएपछि एमाले उपाध्यक्ष बामदेव गौतम आक्रोशित बनेका छन् । उनले आफूलाई पार्टीभित्र र बाहिरका शक्ति मिलेर गृहमन्त्री हुन नदिएको आरोप लगाएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पार्टी पटकपटक बाहिर र बाहिरबाट आफ्नो चरित्र हत्या गर्ने...

एमालेलाई गृह मन्त्रालय दिँदैनौं : महत

२०७० फागुन १ गते ९:५६

चितवन, १ फागुन – विभाविभागीय मन्त्री रामशरण महतले गृहमन्त्रालय एमालेलाई नदिने बताएका छन् । कांग्रेस र एमालेबीच गृह मन्त्रालय एमालेलाई दिने सहमति नभएको भन्दै एमालेलाई कुनै पनि हालतमा गृह मन्त्रालय नदिने बताए । गृह मन्त्रालयकै कारण एमालेसँग सहमति नबिग्रने दावी गर्दे उनले सरकार सबैसँग...

एमाओवादीले जनताप्रति घात गर्‍यो : वैद्य

२०७० फागुन १ गते ९:२६

काठमाण्डु, १ फागुन – नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणले एमाओवादीले जनताप्रति घात गरेको आरोप लगाएका छन् । जनयुद्ध दिवसको अवसरमा ललितपुरको कुपण्डोलमा भएको कार्यक्रममा वैद्यले एमाओवादी जनयुद्धको मर्म र भावना बिर्सेर जनताप्रति घात गरेको बताए । वैद्यले जनआन्दोलनको उपलब्धि गुम्ने खतरा पनि बढेर गएको...

हत्याको आरोपमा एकै परिवारका तीनजना पक्राउ

२०७० फागुन १ गते ९:१३

ओखलढुङ्गा, १ फागुन – ओखलढुङ्गाको पलापु गाविस–८ का ६० वर्षीय ज्ञानबहादुर माझीको हत्याको आरोपमा एकै परिवारका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पलापु गाविस–८ का ५० वर्षीय चित्रबहादुर माझी उनका छोरा २२ वर्षीय कमल माझी र १८ वर्षीय सुरेन्द्र माझी रहेको जिल्ला...

पार्टीभित्रैबाट बामदेवलाई रोक्ने खेल

२०७० फागुन १ गते ६:२४

काठमाण्डु, १ फागुन– नेपाली काँग्रेस र एमालेबीच गृह मन्त्रालयको विषयलाई लिएर विवाद चर्कंदै बेला एमालेभित्रकै एक पक्षले गृह मन्त्रालय प्रधानमन्त्रीसँगै राख्न काँग्रेसलाई सुझाव दिँदै आएको खुलासा भएको छ । स्रोतका अनुसार अध्यक्ष झलनाथ खनाल र वरिष्ठ नेता माधव नेपाल पक्षले गृह मन्त्रालय आफ्नो पार्टीलाई...

आज विश्व रेडियो दिवस

२०७० फागुन १ गते ४:५२

काठमाण्डु, १ फागुन – विश्व रेडियो दिवस आज नेपालमा पनि विविध कार्यक्रम गरेर मनाइँदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २०१२ देखि हरेक वर्ष फेब्रुअरी १३ तारिखका दिन रेडियो दिवस मनाउने गरिएको छ । विश्वासमा रेडियोको प्रसारण आरम्भ भएको ९४ वर्ष र नेपालमा ६३ वर्ष...

नयाँ सरकार बनेसँगै पानीको मूल्यमा दोब्बर वृद्धि

२०७० फागुन १ गते ४:३९

काठमाण्डु, १ फागुन– सरकार परिवर्तनसँगै खानेपानीको महशुलमा दोब्बर वृद्धि भएको छ । काठमाण्डुसहित सहरी क्षेत्रका उपभोक्ताले खानेपानीका लागि आजदेखि यसअघिको भन्दा दोब्बर बढी तिर्नुपर्नेछ । काठमाण्डु उपत्यका खानेपानी लिमिटेडका अनुार अबदेखि उपभोक्ताले १० हजार लिटर पानीका लागि १ सय १० रुपैयाँ तिर्नुपर्ने छ ।...

पारिवारिक सदस्यले मागे प्रधानमन्त्रीसँग ‘मालदार’ मन्त्रालय

२०७० फागुन १ गते ४:२९

काठमाण्डु, १ फागुन– सत्ता साझेदार एमालेसँग गृह मन्त्रालयको विवाद बढिरहेकै बेला प्रधामन्त्री सुशील कोइराला पारिवारिक सदस्यहरुको दबाबका कारण थप अप्ठेरोमा परेका छन् । स्रोतका अुनसार सुजाता कोइराला, शेखर कोइराला र महेश आचार्यले महत्वपूर्ण मन्त्रालयमा दाबी गरेपछि कोइराला अप्ठेरोमा परेका हुन् । स्रोतका अनुसार सुजाता...

प्रधानमन्त्री कोइराला ३ फागुनमा बालुवाटार सर्ने

२०७० फागुन १ गते ३:१३

काठमाण्डु, १ फागुन– नवनियुक्त प्रधानमन्त्री सुशील कोइराला आगामी ३ फागुनमा सरकारी निवास बालुवाटार प्रवेश गर्ने भएका छन् । ज्योतिषिले जुराइदिएको शुभसाइतमा कोइराला ३ गते शनिबार बालुवाटार प्रवेश गर्न लागेका हुन् । व्यवस्थापिका–संसदबाट माघ २८ मा प्रधानमन्त्री निर्वाचित भएका कोइरालाले त्यसको भोलिपल्ट राष्ट्रपतिबाट सपथ लिएका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us