सर्लाही, २ फागुन – उपराष्ट्रपति परमानन्द झाले छ महिना भित्र संबिधान जारी गरेमा पनि आफूहरू पद छोडन तयार रहेको बताएका छन् । सर्लाही सदरमुकाम मलंगवामा भएको कार्यक्रमा उपराष्ट्रपति झाले संबिधान जारी भएपछि आफूहरू एक मिनेट पनि पदमा नबस्ने दावी गरे । अघिलो संबिधानसभाले राष्ट्रपति...
काठमाण्डु, २ फागुन – एकीकृत माओवादीका नेता डा बाबुराम भट्टराईले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदीय दलको उपनेता बन्न गरेको प्रस्ताव अस्वीकार गरेका छन् । प्रचण्ड संसदीय दलको नेता चयन भएसँग उनले नेता भट्टराईलाई उपनेता बन्न प्रस्ताव गरेका थिए । अघिल्लो संविधानसभामा पनि उपनेता रहेका...
मुगु, २ फागुन– मुगुको पश्चिम खत्याड भेकको ह्याँग्लु गाविस–१ बिना गाउँको कुइँयापानी भन्ने स्थानमा रहेको घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । सो गाउँका स्थानीयवासीको लेकमा रहेका घरमा विहीबार राति आगलागी हुँदा २२ वर्षीय वीरेन्द्र शाहीको मृत्यु...
काठमाण्डु, २ फागुन – दुई वटा अध्यादेश पारित गर्दै व्यवस्थापिका संसदको बैठक एक साताका लागि स्थगित भएको छ । शुक्रबारको संसद बैठकले बिनियोजन अध्यादेश २०७९ र २०७० पारित गर्दै आउँदो ९ गते शुक्रबारसम्मका लागि स्थगित भएको हो ।...
काठमाण्डु, २ फागुन – प्रहरीले काठमाण्डु छिर्ने प्रमुख नाका थानकोटबाट एक किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ । जेथाल ६ सिन्धुपाल्चोकका २४ वर्षका दिपक श्रष्ठलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । निजी कारमा काठमाण्डु आइरहेका श्रेष्ठलाई प्रहरीले चेकपोष्ट भन्दा तीन किलोमिटर तलबाट पक्राउ...
काठमाण्डु, २ फागुन – पूर्वप्रधानमन्त्री तथा एकीकृत माओवादीका नेता डा. बाबुराम भट्टराईले पाँच तारे होटलमा हुने कार्यक्रममा सहभागी नहुने घोषणा गरेका छन् । पाँचतारे होटलमा कार्यक्रम आयोजना गरी फजुल खर्च गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न डा. भट्टराईले त्यस्तो निर्णय गरेको उनका स्वकीय सचिव विश्वदिप पाण्डेले...
काठमाण्डु, २ फागुन– चितवन कोई समूहका संस्थापक अध्यक्ष लक्ष्मणबाबु श्रेष्ठको मधुमेह र मिर्गाैला रोगको उपचारका क्रममा ७६ वर्षको उमेरमा दिल्लीको मेदान्त अस्पतालमा विहीबार राति निधन भएको छ । समूहका प्रबन्ध निर्देशक वीरेन्द्रबाबु श्रेष्ठले उनको पार्थिव शरीर शनिबार नेपाल ल्याइने जानकारी दिए । कोई समूहद्वारा...
काठमाण्डु, २ फागुन – एकीकृत नेकपा माओवादी निकट अनेरास्ववियु क्रान्तिकारीको १९ औं राष्ट्रिय सम्मेलनको मिति सरेको छ । यही फागुन २१ गतेबाट सुरु हुने भनिएको सम्मेलन आगामी चैतका लागि सारिएको हो । सम्मेलन आगामी चैत २१ देखि २४ गतेसम्म काठमाण्डुको किर्तिपुरमा हुने संगठनका सचिव...
बर्दिया, २ फागुन – लालपुर्जा बदर गरी नयाँ लालपुर्जा दिने लोभमा मुक्तकमैयाबाट प्रतिव्यक्ति रु दुई हजारको दरले रकम असुली गरेको खुल्नमा आएको छ । रजवारा गाउँ निवासी जितबहादुर थारु र ज्ञानबहादुर थारुले आफूहरुलाई लालपुर्जा नयाँ बनाइदिने लोभ देखाउँदै ठगी गरेको आरोप मुक्तकमैयाले लगाएका छन्...
काठमाण्डु, २ फागुन – प्रधानमन्त्री सुशील कोइरालाले त्रिभुवन विश्वविद्यालय चिकित्शासास्त्र अध्ययन संस्थानमा देखिएको समस्या समाधानका लागि अग्रसरता देखाएका छन् । समस्या समाधानको प्रयासमा कोइरालाले शुक्रबार त्रिवि पदाधिकारीसँग छलफल गरेका हुन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा कोइरालाले समस्याको कारण र समाधानको उपायबारे सुझाव लिएका...
काठमाण्डु, २ फागुन – एकीकृत नेकपा माओवादीको तर्फबाट संविधानसभामा प्रतिनिधित्व गरेका सभासदहरुले पार्टीलाई मासिक १२ हजार रुपैयाँ लेबी बुझाउनु पर्ने भएको छ । पार्टी संसदीय दलको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । केही दिनअघि सम्पन्न केन्द्रीय समिति बैठकले सभासदहरुबाट मासिक १२ रुपैयाँ...
नवलपरासी, २ फागुन – पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको वासामा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । महेन्द्रनगरबाट काठमाण्डुका लागि छुटेको ना ४ ख १०९१ नम्बरको यात्रुवाहक बस रोकिराखेको ना ४ ख ३९०० नम्बरको ट्रकमा ठक्कर...