काठमाण्डु, ४ फागुन– संविधानसभा अध्यक्ष चयनका लागि व्यवस्थापिका–संसदमा मंगलबार निर्वाचन हुने भएको छ । व्यवस्थापिका–संसदको आइतबारको बैठकले कार्यव्यवस्था परामर्श समितिको सिफारिसमा सभाध्यक्ष र उपाध्यक्ष चयनका लागि मंगलबार साँझ ५ बजेका लागि निर्वाचन तोकेको हो । हाल जेष्ठ सदस्यका हैसियतमा राप्रपा अध्यक्ष सूर्यबहादुर थापा सभाध्यक्षको...
काठमाण्डु, ४ फागुन– गृह मन्त्रालयको विषयलाई लिएर काँग्रेससँगको विवाद चर्किएर गएका बेला एमाले स्थायी कमिटि बैठक आज बस्ने भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो २ बजेपछि बस्ने बैठकमा गृह विवाद, संविधानसभा अध्यक्षको निर्वाचनलगायत विषयमा छलफल हुने बताइएको छ । सरकार गठनअघि भएको...
४ फागुन, चितवन– नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले वर्तमान संविधानसभाबाट बन्ने संविधानले मुलुक र जनताले केही नपाउने बताएका छन् । चितवनको भरतपुरमा आइतबार भएको पत्रकार भेटघाटमा उनले जनताको अपेक्षाविपरीत बन्ने एक थान आयातित संविधान आफूहरुलाई अस्वीकार्य रहेको बताए । विदेशीले दिने ‘रेडिमेड’ संविधान जारी भएकै...
मुगु, ४ फागुन– मुगु सदरमुकाम गमगढीस्थित श्रीनगर–१ मा रहेको पशुपति शाहीको घरमा आगलागी हुँदा एक स्कुले बालिकाको जलेर मृत्यु भएको छ । शाहीको घरमा डेरामा बस्दै आएकी धैनकोट–५ की ११ वर्षीया जानकी उपाध्यायको जलेर मृत्यु भएको हो । खाना खाएर घरका सबैजना सुतेका बेला...
मोरङ, ४ फागुन– केही दिनयता जारी लगातारको वर्षातका कारण पूर्वाञ्चलका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात भएको छ । पूर्वका सखुवासभा, ताप्लेजङ, पाँचथर तथा इलामको उत्तरी क्षेत्रमा बाक्लो हिउँ परेको पूर्वक्षेत्र प्रहरी कार्यालय विराटनगरले जनाएको छ । हिमपातका कारण ती जिल्लाको जनजीवन नराम्ररी...
काठमाण्डु, ४ फागुन– प्रमुख सत्ता साझेदार काँग्रेस र एमालेबीच गृह मन्त्रालय विवाद उत्कर्षमा पुगेका बेला काँग्रेसले संविधानसभा अध्यक्षमा एकीकृत माओवादीलाई सघाउने संकेत देखिएको छ । गृह मन्त्रालय नपाए सरकारमा नजाने एमालेको अडान र गृह मन्त्रालय कुनै हालतमा दिन नसक्ने काँग्रेसको अडानका कारण सरकार गठनअघि...
काठमाण्डु, ४ फागुन– नियमावली अभावमा कार्यसूचीविहीन हुँदै आएको व्यवस्थापिका–संसद बैठक आज पनि बस्दैछ । कार्यसञ्चालन नियमावली बनाउने प्रक्रिया जारी रहेका बेला संसद बैठक अपराह्न बस्न लागेको हो । कार्यव्यवस्था परामर्श समितिले आजको बैठकमा संविधानसभा अध्यक्ष निर्वाचन कार्यक्रम पेश गर्ने सम्भावना छ । संसद बैठकअघि...
काठमाण्डु, ४ फागुन– काठमाण्डु उपत्यकासहित मुलुकका अधिकांश स्थानको मौसममा आजदेखि सुधार आउने भएको छ । पश्चिमि वायुको प्रभाव हट्दै गएकाले आज साँझसम्ममा मौसममा सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जानएको छ । पश्चिमि वायुको प्रभाव क्रमश: मुलुकको मध्य तथा पूर्वी क्षेत्रमा सरेकाले सूदुरपश्चिम...
काठमाण्डु ३ फागुन सरकार गठनमा गम्भीर संकट आएपछि काँग्रेस सभापति सुशील कोइराला नेतृत्वको सरकारलाई सघाउन एकीकृत माओवादी तयार भएको छ । प्रधानमन्त्री निर्वाचनमा कोइरालाको पक्षमा मतदान गरेको एमालेले गृहमन्त्रालय नपाएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा लागेपछि एमाओवादी सरकारलाई सघाउन तयार भएको हो ।...
काठमाण्डु, ३ फागुन– नेपाली काँग्रेस र नेकपा (एमाले)बीच मन्त्रालय बाँडफाँटमा उत्पन्न विवादका कारण राष्ट्रपति र उपराष्ट्रपतिलाई निरन्तरता दिन संविधानसभाबाट अनुमोदन गराउनेलगायत सहमति कार्यान्वयन गराउने कार्य अन्योलमा परेको छ । दुई दलबीच गत माघ २६ मा भएको सातबुँदे सहमतिमा वर्तमान राष्ट्रपति र उपराष्ट्रपतिलाई निरन्ततता दिन...
काठमाण्डु, ३ फागुन– राष्ट्रिय अपाङ्ग महासंघ र नेपाल सरकारबीच दुईबुँदे सहमति भएपछि ६ दिनदेखि जारी अपाङ्ग महासंघको अनशन तोडिएको छ । संविधानसभामा मनोनीत गरिने २६ जना सभासद्को मनोनयनका लागि राजनीतिक दलहरुसँग वार्ता गर्दा नेपाल सरकारले अपाङ्गता भएका नागरिकको संविधानसभामा प्रतिनिधित्वको सुनिश्चितताका लागि अधिकतम पहल...
काठमाण्डु, ३ फागुन – त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका वरिष्ठ चिकित्सक डा गोविन्द केसीले ८ दिनलामो आमरण अनसनको अन्त्य गरेका छन् । चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठताको आधारमा डिन नियुक्ती, त्रिवि पदाधिकारीको वर्खास्ती लगायतका माग राखेर अनसन बसेका केसीले शनिबार अनसन तोडेका हुन् । सरकारी...