दुई मन्त्रीको शपथ समारोहमा प्रधानमन्त्री र सभामुखको भलाकुसारी

काठमाण्डु टुडे २०८३ जेठ २६ गते १८:४२ मा प्रकाशित

काठमाण्डू, २६ जेठ– संसद्‌मा प्रतिपक्षी दलहरुले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) खोजिरहेका छन् । सीमा विवाद सम्बन्धी अभिव्यक्तिका विपक्षी दलहरूले प्रधानमन्त्रीको जवाफ खोजिरहेका बेला सभामुख डीपी अर्यालले मंगलबार प्रधानमन्त्री बालेनसँग भेट्ने अवस प्रप्त गरे ।

गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनको शपथ ग्रहण समारोहमा उनीहरूबीच भेटवार्ता भएको हो । दिउँसो ३ बजेका लागि शपथको समय तय भएको थियो । तर त्यसमा केही ढिलो भयो ।

शपथको समयमा पानी परेकाले पनि अझ शपथ ग्रहण सुरु हुन ढिलाइ हुन पुग्यो । यस अवसरमा सभामुख अर्यालले प्रधानमन्त्री बालेनसँग भलाकुसारी गर्ने समय पाएका हुन् । शपथ सुरु नहुँदासम्म पनि उनीहरू कुराकानी गरिरहेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us