पर्सामा रविविरुद्ध चलिरहेको संगठित अपराधको अभियोग फिर्ता

काठमाण्डु टुडे २०८३ जेठ २६ गते १८:३७ मा प्रकाशित

काठमाण्डू, २६ जेठ– जिल्ला अदालत पर्साले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका पूर्व उपप्रधान एवं रवि लामिछानेविरुद्ध चलिरहेको सहकारी ठगीको मुद्दाबाट संगठित अपराधको फिर्ता लिगको छ ।

महान्यायाधिवक्ताको निर्णय बमोजिम सरकारी वकिलहरूले जिल्ला अदालतमा आरोपपत्र संशोधनका लागि निवेदन दिएका थिए । त्यही निवेदनपछि न्यायाधीश मोहन सुवेदीको इजलासले आरोपपत्र संशोधनको आदेश गरेको पर्साका जिल्ला न्यायाधीवक्ता मोहनप्रसाद गुप्ताले जानकारी दिएका छन ।

अब जिल्ला अदालत पर्सामा सानो पाइला सहकारी ठगीको मुद्दामा आरोपितहरू र पीडितहरूबीच मिलापत्र हुने बाटो खुलेको छ । दुवै पक्षबीच मिलापत्र भएमा मुद्दा फिर्ता लिन मिल्छ ।

१ असार, २०८२ मा सरकारी वकिलको कार्यालय, पर्साले सानो पाइला सहकारीको रकम ठगी गरेको आरोपमा रवि लामिछाने सहित २९ जनामाथि मुद्दा दायर गरेको थियो । त्यतिबेला आरोपितहरूमाथि ५ करोड ७४ लाख रुपैयाँ विगो माग दाबी थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us