मन्त्री पुनको घोषणाः तीन वर्ष मन्त्री हुने, त्यसपछि युवालाई अवसर

काठमाण्डु टुडे २०८३ जेठ २६ गते १८:३४ मा प्रकाशित

काठमाण्डू, २६ जेठ– नव नियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफू तीन वर्ष मात्र मन्त्री बन्ने बताएका छन ।

आज (मंगलबार) राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएपछि सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहणको क्रममा उनले यस्तो बताएका हुन । उनले भने, ‘द्रुत गतिमा रात दिन काम गर्ने हो ।

रात दिन काम गरेर बढीमा तीन वर्ष बस्ने हो । मन्त्री भएर खाने हो । त्यसपछि म गर्दिनँ । जग बसालेर बलियो बनाएर नयाँ युवा भाइबहिनीलाई बनाउने हो ।’

ढिला हिँडेर ठाउँमा नपुगिने भन्दै उनले नयाँ मन्त्रालय भएकाले फाउन्डेसन बनेपछि आफू बाहिरिने घोषणा गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us