प्रधानमन्त्रीका समर्थकलाई कांग्रेसको प्रश्नः राष्ट्रको बेइज्जत गर्दा खुसी हुने कस्तो मानसिकता ?

काठमाण्डु टुडे २०८३ जेठ २६ गते १५:१९ मा प्रकाशित

काठमाण्डू, २६ जेठ– प्रमुख प्रतिपक्षी दल कांग्रेसले सचेतक निश्कल राईले नेपालले छिमेकी देश भारतको कुनै पनि जमिन नमिचेको बताएका छन ।

आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । प्रधानमन्त्री बालेन शाहले नेपाल विश्वको नजरमा सीमा अतिक्रमणकारी बनाउन खोजेको टिप्पणी समेत गरे ।

उनले भने, ‘नेपालले भारतको जग्गा अतिक्रमण गरेको छ भनेर प्रमाणित गर्न लाग्नुभएको छ। सामाजिक सञ्जालमा पनि अझ उहाँका शुभचिन्तकहरूले पनि नभएका प्रमाणहरू सिर्जना गर्दै नेपाललाई सीमा अतिक्रमणकारी देश भनेर प्रमाणित गर्न लागिपरेका छन् ।

यो तहको राष्ट्रघात गर्न उहाँहरूलाई किन मन लागेको हो ? राष्ट्रको बेइज्जत गर्दा आनन्द र खुसी हुने कस्तो मानसिकता निर्माण गर्दै छौँ ?

अथवा कस्तो समाजको परिकल्पना हामी गर्दै छौँ ?’ उनले प्रधानमन्त्रीले माफी माग्नुपर्ने अडान राख्दै खुट्टा नकमाईकन रुलिङ गर्न सभामुखसँग माग समेत गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us