रास्वपालाई खुस्बुको चुनौतीः प्रधानमन्त्रीको वक्तव्यसँग सहमत भए भारतको सीमा मिचेको हो भनेर सदनबाटै स्वीकारौं

काठमाण्डु टुडे २०८३ जेठ २६ गते १४:५२ मा प्रकाशित

काठमाण्डू, २६ जेठ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले सदनको अवरोध अन्त्य गर्न दुई वटा मात्रै विकल्प रहेको भन्दै सरकारमाथि कटाक्ष गरेकी छन ।

आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपाकी सांसद ओलीले बाहिरबाट हेर्दा प्रतिपक्षले सदन अवरोध गरेको जस्तो देखिए पनि वास्तविकता फरक रहेको समेत बताइन ।

उनले भनिन्, ‘यदि सत्तापक्ष प्रधानमन्त्रीको वक्तव्यसँग सहमत छ भने ‘नेपालले भारतको सीमा मिचेको हो’ भन्ने विषयमा हस्ताक्षर सुरु गरौँ, प्रतिपक्ष पनि त्यसमा सही गर्न तयार छ।’

उनले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे स्पष्ट धारणा सार्वजनिक नगरेसम्म सदनको अवरोध खुल्ने अवस्था नदेखिएको समेत बताएकी छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us