ओलीकै अध्यक्षतामा एमाले पुनर्गठन सुझाव कार्यदलको बैठक

काठमाण्डु टुडे २०८३ जेठ २६ गते १४:४५ मा प्रकाशित

काठमाण्डू, २६ जेठ– एमाले पार्टी पुनर्गठन सम्बन्धी सुझाव कार्यदलको बैठक एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको छ। बैठक एमालेको मुख्यालय च्यासलमा बसको हो ।

यही जेठ १० गतेको सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने म्याद छ ।

तर कार्यदल गठनको १५ दिनपछि आज पहिलोपटक बैठक बसेको हो ।कार्यदलले पार्टी पुनर्गठनबारे सुझाव संकलन गरी सचिवालयमा प्रतिवेदन बुझाउनेछ ।

नेकपा एमालेको विधान अधिवेशनदेखि नै नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको माग उठ्दै आएको छ । जेनजी आन्दोलन पछाडि यो माग झन् चर्को भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us