आवश्यक परे प्रधानमन्त्रीज्यूले सदनमा सम्बोधन गर्नुहुन्छः सरकार प्रवक्ता

काठमाण्डु टुडे २०८३ जेठ २६ गते १४:१७ मा प्रकाशित

काठमाण्डू, २६ जेठ– नेपाल सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाह सदनमा उपस्थित हुँदा विपक्षीसँग सोध्ने प्रश्न नै नदेखिएको तर्क गरेका छन् ।

आज बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफूहरूले सोचेभन्दा कम प्रश्न प्रधानमन्त्री सदनमा जाँदा आएको बताएका छन । उनले भने, ‘प्रधानमन्त्रीलाई अप्ठ्यारो हुने भएको भए त सुरूमै जानुहुन्थेन नि ! उहाँ प्रस्तुत हुँदा सोध्ने प्रश्नहरू नै रहेनछन् ।

एकदमै कम प्रश्नहरू आए, जति हामीले सोचेका थियौँ, जति प्रधानमन्त्रीले प्रश्नहरू आउँछ भनेर सोच्नुभएको थियो, त्यो हिसाबको प्रश्न नै थिएन ।’

उनले फेरि आवश्यकता अनुसार प्रधानमन्त्रीले सदनमा सम्बोधन गर्ने समेत बताए । उनले थपे, ‘मैले योभन्दा अगाडि पनि भनेको थिएँ, यदि आवश्यक पर्‍यो भने प्रधानमन्त्रीज्यूले सदनमा सम्बोधन गर्नुहुन्छ । उहाँलाई अप्ठ्यारो छैन भन्ने कुरा त अस्तिको सम्बोधनबाट पनि देखिहाल्यो नि !’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us