काठमाण्डू, २६ जेठ– आज (मंगलबार) बसेको प्रतिनिधिसभाको मं बैठकमा कांग्रेसका सचेतक निश्कल राईले सहिदहरूको नाममा ५ मिनेट मौनधारण गरेकोप्रति सभामुख डीपी अर्यालले आपत्ति व्यक्त गरेका छन ।
विपक्षी सांसदहरूले ५ मिनेट मौनधारण गरेलगत्तै सभामुखले प्रतिपक्षी बेन्चले सभाको अपमान गरेको तर्क गरे ।
सभामुख अर्यालले भने, ‘सभामुखले सभा चलाइरहेको बेलामा फरक विषयमा समय मागेपछि दिइसकेपछि सबै सदस्यहरू आफ्नो ज्यान आहुति दिने सहिदहरूप्रति सम्मान गरिरहनेछौं, ‘तर प्रतिनिधिसभा सभा सभामुखले सञ्चालन गर्दैगर्दा सदस्यहरूले आफ्नै विवेकले सभा सञ्चालन गर्ने गषरी आफैँले समय तोकेर जुन किसिमको काम गर्नुभयो सभामाथि अपमान भएको छ । यसबारे ध्यानाकर्षण गराउँछु ।’