काठमाण्डू, २६ जेठ– आज (मंगलबार) बसेको प्रतिनिधिसभाको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ ।
विपक्षी दलका सांसदहरूले अवरोध जारी गरेसँगै सभामुख डीपी अर्यालले भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराए ।