
काठमाण्डु ,१९ असार- झापामा लागुऔषध बिक्री वितरण गरेको आरोपमा दुईजना युवती पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका वडा नं।९ झरना टोल बस्ने २४ वर्षीया झरना बिक र कमल गाउँपालिका वडा नं।३ बस्ने २४ वर्षीया सन्ध्या राई रहेकी छन् ।
झरनाले आफ्नै घरमा प्रतिबन्धित लागुऔषध बिक्री वितरण गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले निजको घर भित्र लुकाई छिपाई राखेको प्रतिबन्धित लागुऔषध ब्राउन सुगर ३ ग्राम ५०० मिलिग्राम फेला परेकोले थियो ।
यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।