
काठमाण्डु, १९ असार– तिनाउँ नदीले खतराको तह पार गरेको छ ।
जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाका अनुसार रुपन्देही आसपास क्षेत्रमा लगातारको भारी वर्षाका कारण तिनाउँ नदीले खतराको तह पार गरेको हो ।
तिनाउँमा जल सतह ७।०४ मिटर पुगेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार रुपन्देही, पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु र दाङमा भारी वर्षा भएको छ ।
अपराह्न १ बजेसम्म भारी वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् । पाल्पाको पाल्पाको बल्ड्याङगडीमा पछिल्लो २४ घन्टामा २ सय १९.४ मिलिलिटर, अर्घाखाँचीमा १ सय ५१ मिलिमिटर, दाङको कोइलाबासमा १ सय ३०.४ मिलमिटर र पाल्पाको तानसेन स्टेसनमा १ सय २६.६ मिलिमिटर वर्षा मापन गरिएको छ ।