
काठमाण्डु ,२८ फागुन – नेकपा का महासचिव नेत्रविक्रम चन्द‘ विप्लव’ले उत्पीडित समुदायलाई अपराधीकरण गर्न खोजिएको बतायका छन।
आज माओवादी धारको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै विप्लवले उत्पीडित समुदायलाई अपराधीकरण गर्न खोजिएको र अपराधीकरण गर्न खोजिएकाले टिक्न नसक्ने बताए ।
पुँजीपति वर्गले देशलाई कब्जा गरेर परिवर्तनका बाहक श्रमिक जनतालाई अपराधीकरण गर्न खोजिँदै छ । त्यस्ता व्यक्तिहरू देशमा टिक्न सक्ने छैनन्’ विप्लवले भने, ‘तिनीहरूले जति नै दुस्साहस गरे पनि यो आन्दोलन वा प्रतिवाद प्रतिरोधका सामु टिक्न सक्ने छैनन् ।’
यो देशमा उत्पीडित समुदाय, कमैया मुक्त, श्रमिक र दलितले विद्रोह गरेको देख्न नचाहनेहरू प्रवृत्ति हाबी रहेको विप्लवले बताए ।