रास्वपा कार्यालयअघि जेन–जीहरूको नाराबाजी

काठमाण्डु टुडे २०८३ जेठ २६ गते १४:३९ मा प्रकाशित

काठमाण्डू, २६ जेठ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय वनस्थलीअघि जेन–जीहरूले धर्नासहित नाराबाजी गरेका छन ।

सरकारसँग गरिएको १० बुँदे सम्झौता कार्यान्वयन गरिनुपर्ने, घाइते तथा शहीदहरूको यथाशीघ्र उचित व्यवस्थापन गरिनुपर्ने तथा झुटा मुद्दामा फसाइएका जेन–जीहरूलाई हिरासतमुक्त गरिनुपर्ने प्रदर्शनकारी जेन–जीहरूको माग रहेको छ ।

आन्दोलनमा जेन–जी, घाइते तथा सहिद परिवारका सदस्यहरू सहभागी भएको जेन–जी अभियन्ता सरिस्मा थापाले बताएकी छन ।

उनले भनिन्, ‘अहिले पनि जेनजी आन्दोलनको बेला झुटा मुद्दामा फसाइएका भाइबहिनीहरू हिरासतमा छन् । उनीहरूलाई बिनासर्त रिहा गरिनुपर्यो ।

१० बुँदे सम्झौता कार्यान्वयन गरिनुपर्यो ।’ उनले आफ्ना मागहरू पूरा नभए चरणबद्ध रूपमा आन्दोलन गर्ने समेत बताएकी छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us