मोटरसाइकल दुर्घटनापछि हर्क सम्पाङले भनेः सरकारले बाटो राम्रो नबनाएर लडेँ

काठमाण्डु टुडे २०८३ जेठ २६ गते १४:२३ मा प्रकाशित

काठमाण्डू, २६ जेठ– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले केही दिनअघि मोटरसाइकल दुर्घटनामा परेको विषयमा सरकारको दोष देखाएका छन् ।

सरकारले बाटो राम्ररी मर्मत नगरेकाले आफू मोटरसाइकलबाट लडेको उनले बताए । उदयपुरको कटारीबाट बेलका जाने क्रममा साम्पाङले आफैँले चलाएको मोटरसाइकल लडेको थियो ।

उनी सामान्य घाइते भएका थिए । लड्नुअघि साम्पाङले एक हातले मोटरसाइकल चलाएर अर्को हातले भिडिओ खिचिरहेका थिए । लापरवाहीपूर्वक मोटरसाइकल चलाएको भनेर ट्राफिक प्रहरीले उनलाई ५ सय जरिवानासमेत गराएको छ । साम्पाङले भने आफूले कुनै जरिवाना नतिरेको दावी गरेका छन् ।

ट्राफिक प्रहरीले सार्वजनिक गरेको चिट नै फेक हुनसक्ने उनको आशंका छ । साम्पाङले फेसबुकमा लेखेका छन्, ‘पैसा चाहिँ आफैंले तिरेछन् कि क्या हो ? यतिसम्म गिरेछन् । पूर्जी जारी गर्नेको नाम पनि एउटै राखेछन्, त्यो पनि लुकाएर बुझिएको छ । फेक‘ । दुम मात्रै हो तिमेरुको ।’ यसैबीच साम्पाङले सञ्चारकर्मीहरुसँग कुरा गर्दै आफूलाई ट्राफिकले चिट नकाटेको समेत बताएका छ । तपाईंलाई चिट काटेको हो ? भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘छैन ।

कुन चाहिँ कसुरमा काट्ने हो र चिट रु म सोध्छु नि, म विधायक हो देशको । हावामा फेसबुकमा लेखेर कारवाही त हुँदैन होला ।’ के कारणले तपाईंको दुर्घटना भएको हो भन्ने प्रश्नमा उनले सरकारलाई दोष दिए । साम्पाङले भने, ‘ढुंगा रहेछ क्या बाटोमा । बाटोहरु त बिग्रेको छ नि त ।

सरकारले बनाउनुपर्छ । यसमा ध्यान दिनुपर्यो । ढुंगामा कहिलेकाहीँ लडिँदैन त रु सरकारले बाटो नटालेर यस्तो भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us