काठमाण्डू, २६ जेठ– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्मा देखिएको वर्तमान गतिरोध अन्त्य गर्न सङ्कल्प प्रस्ताव पारित गर्नुपर्ने बताएका छन ।
आज (मंगलबार) बसेको प्रतिनिधिसभामा आफ्नो धारणा राख्दै साम्पाङले यस्तो बताएका हुन । उनले संसद् लामो समयदेखि डेडलकको अवस्थामा रहेको समस्या समाधानका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्ने समेत बताएका छन । उनले भने, ‘प्रधानमन्त्रीलाई बोलाको बोलाकै गर्ने, उहाँ आउँदिन भन्नुहुन्छ। पक्रेर लिएर बोकेर ल्याउने चलन छैन।
सभामुखज्यूले ल आउनुपर्छ भन्दा उहाँ मान्नुहुन्न। कहिलेकाहीँ आउनुहुन्छ, आएर फेरि के बोल्नुहुन्छ हुन्छ, समस्या भयो। त्यसले गर्दाखेरि म आज एउटा सङ्कल्प प्रस्ताव पेश गर्न चाहन्छु ।
हाम्रो नियमावली, यो अहिलेको २०७९ सालको नियमावलीको नियम ८४ (१) को (ग) लाई टेकेर, विषय संकल्प प्रस्ताव पारित गरौँ ।’ उनले प्रधानमन्त्रीको अभिव्यक्तिलाई राष्ट्रविरुद्ध संसद्को अभिलेखबाट हटाउन माग समेत गरेका छन ।