काठमाण्डू, २६ जेठ– आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा पनि प्रतिपक्षी दलहरुले विरोध गरेका छ । आजको प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै विपक्षी दलहरुले उठेर विरोध जनाएका हुन् ।
प्रतिनिधि सभाका सभामुख डीपी अर्यालले बैठक सुरु गरेपछि सांसदहरु उठे । त्यसपछि सभामुख अर्यालले एमाले सांसद क्षितिज थेबेलाई बोल्न दिए । थेबेले प्रधामन्त्री वालेन्द्र शाह (बालेन) ले संसदमा दिएको अभिव्यक्तिको जवाफ नदिएसम्म संसद अवरोध गर्ने बताएका छन ।