एजेन्सी– छिमेकी देश चिन प्रविधिक संसारमा निकै अधि छ । अहिले चिनले विज्ञान र प्रविधिको क्षेत्रमा निकै चमत्कार गर्र्दै आइरहेको छ ।
अहिले अमेरिका र जापान जस्ता देशहरूलाई चीनले कडा टककर दिइरहेको छ । हालै चीनले दिमाग पढ्न सक्ने मेशिन बनाएको छ । चिनियाँ स्टार्टअप कम्पनी न्यूरोएक्सेसले बिहीबार सफलतापूर्वक दुई महत्त्वपूर्ण परीक्षण सम्पन्न गरेको छ ।
यसको फ्लेक्सिबल ब्रेन–कम्प्युटर इन्टरफेस (बीसीआई) यन्त्रले मानव मस्तिष्कमा चोटपटक लागेका बिरामीको दिमागमा चलिरहेका विचारहरूलाई वास्तविक समयमा डिकोड गरेर देखाएको छ ।
अर्को व्यक्तिसँग गरिएको परीक्षणमा यन्त्रले वास्तविक समयमा चिनियाँ भाषामा डिकोड गरेको थियो ।
बिरामीहरूले आफ्नो दिमाग प्रयोग गरेर सफ्टवेयर नियन्त्रण गर्न, सामान उठाउन, बोलेरै डिजिटल अवतारहरू अपरेट गर्न र एआई मोडेलसँग कुराकानी गर्न बीसीआई प्रविधिको प्रयोग गर्न सक्ने सिन्ह्वाले एउटा समाचारमा भनेको छ ।
२०२४ को अगस्टमा फुडान विश्वविद्यालयसँग सम्बद्ध हुआशान अस्पतालका न्यूरोसर्जनहरूले एक जना २१ वर्षीया महिला बिरामीमा बीसीआई प्रत्यारोपण गरेका थिए ।
ती महिलाको मस्तिष्कको भाषा क्षेत्रमा ट्यूमर थियो । यसपछि पाँच दिनभित्र १४२ सामान्य चिनियाँ सिलेबल्सको प्रयोग गरेर बीसीआईले ७१ प्रतिशत सोच सिटकसँग डिकोड गरेको बताइएको छ ।