६७ वर्षीय वृद्ध बनेर क्यानडा जान खोज्ने २४ वर्षीय युवक पक्राउ

काठमाण्डु टुडे २०८१ असार ७ गते १४:१७ मा प्रकाशित

एजेन्सी– भारतको इन्दिरा गान्धी इन्टरनेशनल विमानस्थलमा सुरक्षाकर्मीहरूले २४ वर्षीय युवकलाई नियन्त्रणमा लिएको छ । ती युवक ६७ वर्षको ज्येष्ठ नागरिक बनेर क्यानडा जाने प्रयासमा रहेका थिए ।

ति युवकको साथमा नक्कली पासपोर्ट पनि भेटिएको त्यहाँका सञ्चारमाध्यमहरुले जानकारी दिएका छन । यो घटना १८ जुनको हो ।

५ः २० बजे आसपास प्रोफाइलिङ र बिहेभियर डिटेक्शनका आधारमा सीआईएफएफका जवानले विमानस्थलको टर्मिनल ३ को चेक–इन क्षेत्रमा एक यात्रीलाई सोधपुछका लागि रोके ।यस क्रममा ती वृद्धले आफ्नो नाम रशविंदर सिंह सहोता भएको र उमेर ६७ वर्ष बताएका थिए ।

पासपोर्टमा उनको जन्ममिति सन् १९५७ अक्टोबर २ थियो । उनी एयर क्यानडाको एसी ०४३–एसटीडी २२५० उडानबाट जाँदै थिए ।

पासपोर्टमा उल्लेख गरिएको उमेरभन्दा ती वृद्ध निकै कान्छो जस्तो देखिन्थे । आवाज र छाला पनि जवानको जस्तो थियो । पासपोर्टमा दिइएको विवरणसँग ती व्यक्तिसँग मेल खाएन ।

नियालेर हेर्दा ती व्यक्तिले आफ्नो दाह्री र कपालमा सेतो रङ्ग लगाएको खुल्यो । सायद बुढो देखियोस् भनेर चस्मा लगाएका थिए ।

शङ्का लागेर तलाशी लिने क्रममा मोबाइलमा अर्को पासपोर्टको सफ्ट कपी भेटियो । त्यसमा ती व्यक्तिको उमेर २४ वर्ष लेखिएको थियो । जाली पासपोर्टको मामिला भएकोले ती पुरुषलाई थप कानुनी कारवाहीका लागि प्रहरीको जिम्मा लगाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us