जापानमा जन्मदर घटिरहँदा सरकारी डेटिङ एप सार्वजनिक

काठमाण्डु टुडे २०८१ असार ६ गते १७:५७ मा प्रकाशित

एजेन्सी– जापानको एक सरकारले जन्मदर घटेर चिन्ता बढिरहँदा आफ्नै डेटिङ एप प्रयोगमा ल्याएको छ । राजधानी टोकियोमा स्थानीय अधिकारीहरूले सरकारी डेटिङ एप लन्च गरेका हुन् ।

यो एप अहिले शुरुआती परीक्षणको चरणमा रहेको समाचारमा जनाइएको छ । यो वर्षको उत्तरार्द्धदेखि यसलाई पूर्ण रूपमा चलाइने बताइएको जापानीज सञ्चार माध्यमहरुले जानकारी दिएका छन ।

एपलाई बिहेका लागि बर बधूको खोज्ने पहिलो चरण बताउँदै एपको वेबसाइटमा यसलाई चलाउन अनुरोध गरिएको छ । एआईले नै सुहाउँदो जोडा खोजिदिने यो एप टोकियो महानगर सरकारले ल्याएको हो ।

पार्टनरमा आफूले खोजेको गुण र र चाहेको गुणबारे जानकारी दिन प्रयोगकर्ताहरूले एउटा ‘डाइग्नोष्टिक’ टेष्ट दिनु पर्नेछ । सोको आधारमा एआईले सुहाउँदो जोडी खोजिदिने बताइएको छ । यो एपले अमेरिकी खर्बपति व्यापारी एलन मस्कको पनि ध्यान खिचेको छ ।

जापान सरकारले घट्दो जन्मदरको समस्या समाधान गर्नु पर्ने महत्वलाई बुझेकोमा माइक्रो ब्लगिङ वेबसाइट एक्स (पहिलाको ट्विटर)मा एउटा ट्विट गर्दै उनले सरकारको तर्फबाट यस्तो पहल भएकोमा खुसी व्यक्त गरेका थिए । नयाँ ढंगले सोचेर कदम नचालिएमा जापान लोप हुने चेतावनी मस्कले दिँदै आएका छन् ।

यो एप चलाउने प्रयोगकर्ता एकल, विवाह गर्ने इच्छा भएका १८ वर्ष माथिको व्यक्ति हुनु पर्नेछ । टोकियोमा काम गर्ने वा बस्नेले मात्रै यो एप चलाउन पाउने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us