सुर्खेतमा भएको जीप दुर्घटना ४ जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ जेठ १७ गते १२:२५ मा प्रकाशित

काठमाण्डु,  १७ जेठ– सुर्खेतमा भएको जीप दुर्घटना मृत्यु हुदाँ चार जनाको मृत्यु भएको छ । वीरेन्द्रनगरको रातानाङ्गला नजिकै बिहीबार बिहान भएको जीप दुर्घटनामा परी चार जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख, प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिएका छन ।

सुर्खेतबाट कालीकोट जाँदै गरेको भे१च २५६० नम्बरको बोलेरो जीप बिहीबार सुर्खेत–दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरको रातानाङ्गला नजिकै दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

जीप आज बिहान दुई बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । जीपमा ८ जना सवार रहेको अनुमान गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक पौडेलका अनुसार दुर्घटनामा परी अहिलेसम्म ४ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जीप सडकबाट ३०० मिटर तल खसेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us