व्यासका मेयरको पुन: मतगणना असार २ गते गर्न आदेश

काठमाण्डु टुडे २०८१ जेठ ११ गते १८:११ मा प्रकाशित

काठमाण्डु, ११ जेठ– उच्च अदालत पोखराले तनहुँको व्यास नगरपालिकाको मेयरको पुनः मतगणना असार २ गते गर्न आदेश दिएको छ ।

उच्च अदालतका न्यायाधीश राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले पुनः मतगणना गर्न फैसला गरेको हो ।

फैसलामा असार २ गते बिहान १० बजेदेखि पुनः मतगणना अदालतले आदेश दिएको छ । निर्वाचनमा खसेको मत र बदर मत जम्मा मतसँग नमिलेको बुधबार सार्वजनिक गरिएको फैसलामा उल्लेख गरीएको छ ।

२ असारमा १० बजे मत गणना सुरु गर्न खर्च व्यवस्थापन र समन्वयका लागि निर्वाचन आयोगलाई लेखी पठाउने फैसलामा भनिएको छ ।

गत ०७९ बैशाखमा भएको निर्वाचनमा नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएर पराजित दीपकराज जोशीले पुनः मतगणनाको माग गर्दै उच्च उदालत पोखरामा मुद्दा दर्ता गराएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us