कृषिमन्त्री साहको सम्पत्ति: अधिकांश सम्पत्ति श्रीमानको नाममा, बैंकमा ३० हजार

काठमाण्डु टुडे २०८१ जेठ ८ गते १८:४० मा प्रकाशित

काठमाण्डु,८ जेठ– कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेकी छन ।

सार्वजनिक सम्पत्ति विवरणअनुसार मन्त्री साहको तलब बाहेक अधिकांश सम्पत्ति श्रीमानको नाममा रहेको उनले आफ्नो सम्पति विवरणमा उल्लेख गरेकी छन ।

मन्त्री साहको बाराको कलैया उपमहानगरपालिकामा पुर्ख्यौली जग्गा, जितपुर सिमरा उपमहानगरपालिका–१६ मा जग्गा रहेको उल्लेख गरीएको छ ।

उनको श्रीमान अमृत शर्मा बजगाईंको जितपुर सिमरामा–५० कठ्ठा पुर्ख्यौली सम्पत्ति रहेको देखिन्छ । यसैगरी बजगाईंकै नाममा सर्लाहीमा ५० लाखमा खरिद गरेको पैतृक जग्गा रहेको देखिन्छ ।

मन्त्री साहको सुन १० तोला, चाँदी २५ तोला पुर्ख्यौली सम्पत्तिको रुपमा रहेको उल्लेख गरीएको छ । बैंकमा उनको ३० हजार रुपैयाँ तलब र आफैंले श्रीमानको खातामा हालेको १० हजार रुपैयाँ मात्रै रहेको विवरणमा उल्लेख गरीएको छ ।

मन्त्री साहको सवारीसाधन तथा पशुपन्छी भने देखिँदैन । ४ कठ्ठामा बनेको अढाइ तल्लाको घर अंशबन्डाबाट प्राप्त भएको उनको सम्पत्ति विवरणमा उल्लेख गरीएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us