कति छ सञ्चार मन्त्रीको सम्पत्ति ?

काठमाण्डु टुडे २०८१ जेठ ८ गते १८:३२ मा प्रकाशित

काठमाण्डु,८ जेठ– सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले आफ्नो सम्पत्ति विवरणमा सार्वजनिक गरेकी छन । उनले आफ्नो श्रीमान् कृष्णध्वज खड्काको नाममा काठमाण्डुको कीर्तिपुरमा घर रहेको सम्पति विवरणमा उल्लेख गरेकी छन् ।

६ आना १ पैसा दुई दाम क्षेत्रफलमा बसेको उक्त जग्गामा साढे २ तलाको घर रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार प्युठानमा जग्गा, चल सम्पत्तिमा ६ तोला सुन, २ तोला चाँदी, विभिन्न बैंकमा नगद मौज्दान रहेको उल्लेख गरेकी छन् ।

यस्तै एउटा होण्डाइ कार रहेको पनि उनको सम्पत्ति विवरणमा उल्लेख गरीएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us