कैलाश सिरोहियाविरुद्ध रवि लामिछानेको एक्सन, पक्राउ गर्ने तयारी

काठमाण्डु टुडे २०८१ जेठ ८ गते १३:२७ मा प्रकाशित

काठमाण्डु, ६ जेठ– कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

नागरिकता दुरुपयोग गरेको आरोपमा उनीविरुद्ध धनुषा प्रहरीले पक्राउ पुर्जी जारी गरेको हो । यसैबीच सिरोहियाले थापाथली सेन्ट्रल पार्कस्थित कान्तिपुर पब्लिकेशनको कार्यालयबाट पक्राउ गिरफ्तारी दिने तयारी गरेका छन् । ‘अध्यक्षज्यूविरुद्ध पक्राउ पुर्जी जारी भएको छ, कार्यालयबाटै गिरफ्तारी दिने तयारी छ’, कान्तिपुरका एक वरिष्ठ कर्मचारीले काठमाण्डुटुडेसँग भने ।

कान्तिपुरविरुद्ध उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सार्वजनिक रुपमै टिप्पणी गर्दै आएका थिए । कान्तिपुरले विभिन्न सहकारीको रकम गैरकानूनी रुपमा लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया ग्रुपमा लगानी गरेको विषयमा समाचार लेख्दै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us