संसदमा कांग्रेसको बकबास सुनिरहन तयार छैनौं: अध्यक्ष ओली

काठमाण्डु टुडे २०८१ जेठ २ गते १५:१२ मा प्रकाशित

काठमाण्डु, २ जेठ– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले गरेको अवरोधको प्रतिरोध गर्ने बताएका छन् ।

आज बुधबार बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन । उनले कांग्रेस कराइरहने र आफूहरु सुनिरहने स्थिति नरहने बताएका छन ।

उनले भने, ‘नेपाली कांग्रेसले बकबास बोलिरहने हामी सुनिरहने होइन’ उनले भने, ‘यस्तो हुन्छ रु ‘अब बकबास सुनिरहन हामी तयार छैनौं ।

चाहिने कुरा गरे हुन्छ नि । यतै टोक्या छ, उतै टोक्या छ, यो के तरिका हो ?’ कांग्रेसले संसद र सांसदहरुको बहुमूल्य समय नष्ट पारिरहेको भन्दै ओलीले भने, ‘यो देशको बहुमूल्य समय खेर फाल्न हुँदैन, संसद सुचारु हुनुपर्छ ।’ ओलीले अब संसदमा कांग्रेसलाई बोल्न नदिने पनि बताएका छन ।

उनले संसदमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले बोल्ने र उनले बोल्न नपाए एमालेले बोल्ने दाबी गरेका छन । अध्यक्ष ओलीले भोलिदेखि एमाले सांसदहरु बहस गर्न तयार भएर संसदमा जाने पनि बताएका छन ।

उनले भने, ‘हामी बहस गर्न तयार भएर जान्छौं, संसदमा भोलिदेखि हामीले बहस गर्न पाउनुपर्छ, अरु कुरा छैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us