भक्तपुरमा घाम ताप्ने क्रममा तुइलाल पोखरीमा खसेर एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ वैशाख २ गते १७:२५ मा प्रकाशित

काठमाण्डु, २ वैशाख– भक्तपुरको थिमीस्थित दुईपोखरी (निगु पुखुः)मा डुबेर एक जनाको मृत्यु भएको छ । आज आइतबार दिउँसो पोखरीमा डुबेर अन्दाजी ५० वर्षीय तुइलाल श्रेष्ठको मृत्यु भएको प्रहरी वृत्त थिमीका डीएसपी प्रेमसागर केसीले जानकारी दिएका छन ।

घाम ताप्ने क्रममा तुइलाल पोखरीमा खसेको र तत्कालै कसैले नदेखेकाले उनको मत्यु भएको हो । उनको शव पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको उनले जानकारी दिएका छन । मृतक श्रेष्ठ थिमी–४ कै स्थानीबासी भएको डीएसपी केसीले जानकार दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us