विभिन्न सञ्चारमाध्यमविरूद्ध निकिता पौडेलले मुद्दा दायर गरिन्

काठमाण्डु टुडे २०८० चैत २३ गते १७:५४ मा प्रकाशित

काठमाण्डु, २३ चैत– उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेलले विभिन्न सञ्चारमाध्यमविरूद्ध मुद्दा दायर गरेकी छन् । पौडेलले नागरिक दैनिक, कान्तिपुर दैनिक, अनलइन खबर, उकेरा लगायतका मिडियाका प्रकाशक र सम्पादकविरुद्ध काठमाण्डु जिल्ला अदालतमा मुद्दा दायर गरेकी स्रोतले जानकारी दिएको छ ।

पौडेलले मुलुकी अपराध संहिता २०७४ को दफा ३०७ (१) बमोजिम तीन वर्ष कैद, तीस हजार जरिवाना र सोही संहिताको दफा ३०७ (२) बमोजिम प्रतिव्यक्ति ५ करोड क्षतिपूर्तिको मागदाबी लिएर लिखित गाली बेइज्जतीको मुद्दा दायर गरेकी छन ।

काठमाण्डु जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रकाश पन्थीले पौडेलले सञ्चारमाध्यामविरुद्ध मुद्दा दायर गरेको जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us