त्रिभुवन विमानस्थल प्रमुखमा निरौला

काठमाण्डु टुडे २०८० चैत २१ गते १८:२६ मा प्रकाशित

काठमाण्डु, २१ चैत– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुखमा जगन्नाथ निरौला सरुवा भएका छन । यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणको कर्पोरेट निर्देशनालय प्रमुख रहेका निरौलालाई काठमाण्डु विमानस्थल प्रमुखका रूपमा सरुवा गरिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिएका छन ।

अहिले विमानस्थल प्रमुख रहेका प्रतापबाबु तिवारीको भने भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रमुखमा सरुवा भएको उनले जानकारी दिएका छन ।

अहिले भैरहवा विमानस्थल प्रमुख हंसराज पाण्डेको भने प्राधिकरण मुख्यालय सरुवा भएको उनले जानकारी दिएका छन । उनलाई अहिले निरौलाले हेरिरहेको कर्पोरेट विभाग प्रमुखका रूपमा सरुवा गरिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us