नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी उपयुक्त छैन: माधव नेपाल

काठमाण्डु टुडे २०८० चैत २० गते १८:२७ मा प्रकाशित

काठमाण्डु, २० चैत– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जान नहुने दाबी गरेका छन । आज मंगलबार काठमाण्डुमा समाजवादी मोर्चाले आयोजना गरेको अन्तर्क्रियामा बोल्दै यस्तो बताएका हुन ।

उनले राजनीतिकर्मीको आचरण सही नभएकाले प्रत्यक्ष निवौचित प्रणालीबाट राम्रो मान्छे छनोट नहुने बताएका हुन् । उनले भने, ‘प्रत्यक्ष प्रणालीले निर्वाचनको कार्यकारीको टुंगो लगाउने भए अमेरिकामा राष्ट्रपतिको चुनाव भइरहेको छ, त्यो हेर्नुस् त ।

केही समय पहिला भएको फिलिपिन्समा चुनावको स्थिति हेर्नुस् त । अब हुन गइरहेको दक्षिण अफ्रिकाको राष्ट्रपतिको चुनाव हेर्नुस् त । हाम्रो आचरण यस्तो छ ।

‘यस्तै खालका मान्छेहरु राष्ट्रपति भयो भने त यो देशको सबै लुटेर लगिदिन्छन्’ । उनले नेपालमा अघि बढ्न संविधान बाधक नभई सहयोगी नै भएको बताएका छन ।

उनले भने, ‘अहिले अघि बढ्नका लागि यो संविधान सहयोगी छ, बाधक छैन । आठ वर्षको अनुभवको प्रकाशमा पनि विगतका कुरालाई सुधार्नुपर्छ । कानुन निर्माण गर्ने कुरामा ध्यान दिनुपर्छ’।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us