अहिले प्रधानमन्त्रीले चाहेर पनि काम गर्ने अवस्था छैन: विप्लव

काठमाण्डु टुडे २०८० चैत २० गते १५:१४ मा प्रकाशित

काठमाण्डु, २० चैत– नेकपाका महासचिव एवं समाजवादी मोर्चाका संयोजक नेक्रविक्रम चन्द विप्लवले यथास्थितिमा क्रमभङ्ग गर्न आवाश्यक भएको बताएका छन ।

आज (मंगलबार) समाजवादी मोर्चाले काठमाण्डुमा आयोजना गरेको अन्तर्क्रियामा बोल्दै विप्लवले यस्तो बताउका हुन । उनले संघीय लोकतान्त्रिक गणतन्त्र अग्रगामी र क्रान्तिकारीले ल्याएको व्यवस्था भए पनि जनताका यावत समस्या समाधान नभएको तर्क गरेका छन । उनले दलाल पुँजीवाद अन्त्य नभएसम्म जनताको अधिकार स्थापित हुन नसक्ने बताएका छन ।

अहिलेको व्यवस्थामा प्रधानमन्त्रीले चाहेर काम गर्न नसक्ने प्रणाली रहेकाले विद्यामान कानुन संशोधन गर्नुपर्ने उनले बताएका छन । उनले भने, ‘देशमा संकटमात्र छैन । संकटभित्र सम्भावना पनि छ । संकटबाट सबै खालका समस्याको समाधान निकाल्न पनि सकिन्छ । अहिले दलाल पुँजीवादबिचको टकराब देखिएको छ ।

अहिलेको व्यवस्थामा प्रधानमन्त्रीले चाहेर काम गर्न नसक्ने प्रणाली रहेकाले विद्यामान कानुन संशोधन गर्नुपर्छ’ । साथै उनले समाजवादी मोर्चाले अस्थिरता ल्याउँछ कि भन्ने कुरा सत्य नभएको भन्दै उनले नेपालको विशेषतामा आधारित समाजवाद स्थापना गर्न मोर्चा बनाइएको पनि बताएका छन ।

चन्दले अहिलेका असन्तुष्टिहरूलाई नेपाली विशेषताको समाजवादबाट मात्रै समाधान गर्न सकिने बताए । उनले आजका सबै समस्याको समाधान नेपाली विशेषताको समाजवादबाट मात्रै सम्भव रहेको बताएका छन । उनले गणतन्त्रबाट विभिन्न उपलब्धि प्राप्त भएपछि पूर्ण हुन नसकेको पनि दाबी गरेका छन । उनले आज भइरहेका असन्तुष्टिहरू, समस्याहरूलाई राजनीतिक, आर्थिक, सामाजिक कुरालाई अग्रगामी ढङ्गले समाधान गर्न समाजवादी मोर्चाले भूमिका खेल्ने बताएका छन ।

उनले भने, ‘हामीले विभिन्न उपलब्धि हासिल गरेको कुरा साँचो हो तर पूर्ण भएका छैनन् । पूर्ण नहुनुको अर्थ यो पनि हो की मानव जाति चुप लागेर कोही बस्दैनन् । श्रमिकहरू, उत्पीडितहरू, अधिकारको खोजी गर्ने शक्तिहरू कोही पनि चुप लागेर बस्दैनन् ।

प्रवृत्तिहरू बिचको टकराब हुनु स्वाभाविक हो । हामी समाजवादीहरू, कम्युनिस्टहरू, कतातिरबाट अघि बढ्ने, कुन धारलाई हामीले जनताको बिचमा स्थापित गर्ने रु जनतालाई कसरी सुरक्षित गर्ने रु यो विषयमा हाम्रो समाजवादी मोर्चाले एउटा स्पष्ट दृष्टिकोण दिएको छ की आजका सबै समस्याको समाधान नेपाली विशेषताको समाजवादबाट मात्रै सम्भव छ ।

यसको मतलब आजकोलाई भत्काएर फाल्ने भनेको होइन, यहाँ केही बाहिर भाष्यहरू गलत ढङ्गबाट आइरहेका छन् । त्यसले अस्थिरता ल्याउँछ ।

समाजवादी मोर्चाले अस्थिरता ल्याउँछ की भन्ने आदि इत्यादिका तर्कहरू पनि हामी सुन्ने गर्दछौँ । होइन त्यो कुरा । अस्थिरतालाई स्थिरतातिर बदल्ने कुरा हामी गर्छौँ । आज भइरहेका असन्तुष्टिहरू, समस्याहरूलाई राजनीतिक, आर्थिक, सामाजिक कुरालाई अग्रगामी ढङ्गले समाधान दिने कुरा हो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us