घरभित्रै मृत फेला परे दम्पती

काठमाण्डु टुडे २०८० चैत २० गते १२:२७ मा प्रकाशित

काठमाण्डु, २० चैत– पर्वत जिल्लाको जलजला गाउँपालिका–२ मा श्रीमान–श्रीमती मृत भेटिएका छन । वडाअध्यक्ष प्रकाशबहादुर घर्ती क्षेत्रीले सूर्यबहादुर घर्ती र उनकी श्रीमती गमला घरभित्रै मंगलबार बिहान मृत फेला परेको जानकारी दिएका छन ।

उनले भने, ‘घटनास्थल हेर्दा कसैले हत्या गरेको जस्तो देखिन्छ ‘घटनास्थल रगताम्मे छ ।’ प्रहरी टोली घटनास्थलमा आएर अनुसन्धान सुरु गरेको उनले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us